माइतीघरमण्डलाबाट सिके राउतसहित पक्राउ

Artharajniti  ~  धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । […]

मन्त्रीका साथै सचिवालयमा हेरफेर गर्ने प्रधानमन्त्री दाहालको तयारी

Artharajniti  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ । आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ नेपाली कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात् मन्त्रिपरिषद्को हेरफेर हुनेछ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको प्रस्तावमा […]

सामाजिक सुरक्षा कोष त्रिपक्षिय संचालक समितिको दस्ताबेज हो – कविराज अधिकारी ( भिडिओ सहित )

अर्थ राजनीति  ~ सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी प्रत्येक शनिबार राति ८ :०० बजे NTV Plus HD मा प्रसारण हुने नेपाली टेलिभिजन छेत्रको विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा कार्यक्रम प्रस्तोता श्री मनोज पौड्यालसंग बोल्दै – ” सामाजिक सुरक्षा कोष पूर्ण रुपमा योगदानकर्ता प्रति समर्पित छ। हामीले सपथनै योगदानकर्ताको नाममा लिएका […]

मुलुकको आर्थिक स्थितिका बारेमा पूर्णजानकार छौं – डेपुटी गभर्नर

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र ले प्रत्येक शनिबार राति ८ :०० बजे प्रसारण हुने नेपाली टेलिभिजन छेत्रको विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा कार्यक्रम प्रस्तोता श्री मनोज पौड्यालसंग बोल्दै – बैंक तथा वित्तिय संस्थाको स्थाइत्वमा कुनै पनि समस्या नरहेको र सबै समस्या हरु नेपाल राष्ट्र बैंकले मात्र […]

उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सरकारको तयारी

अर्थ राजनीति  ~ गत शुक्रबार इपिएस परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई युवकको मृत्यु भएको थियो। सो घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्री प्रचण्डले गृहलाई निर्देशन दिएको स्रोत ले बताएको छ ।

वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आमाबुबाको मन्त्री साउदसँग आग्रह

अर्थ राजनीति  ~ विपीनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका छन् । मन्त्री साउद भन्छन ~ “कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा वीपिन सकुशल फर्किने अपेक्षा छ”, साथै , “पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब वीपिनको रिहाइ हुनेमा […]

अर्घाखाँची स्थित शुभ श्री अग्नि सिमेन्ट उद्योगको बिधुत लाइन काटियो

अर्थ राजनीति  ~  नेपाल बिधुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको वक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए । डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे वापतको […]

बालकुमारीमा प्रदर्शन : २ जना प्रहरी निलम्बित

अर्थ राजनीति  ~ बालकुमारीमा प्रदर्शनका क्रममा दुई जना युवकको ज्यान गएपछि गृह मन्त्रालयले घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई निलम्बन गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने पनि मन्त्रालयले निर्णय गरेको हो ।

बालकुमारीमा मन्त्री ज्वालाको गाडीमाथि आगजनी

Artharajniti   ~  ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ। रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्।  मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो। आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ। मन्त्री ज्वालाले  कुराकानी गर्दै आन्दोलनकारीले आफू […]

थप ४६ वटा उद्योगको बिजुली काट्ने विद्युत् प्राधिकरणको तयारी

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य उद्योगहरूमा पनि विद्युत् लाइन काट्ने तयारी गरेको छ। प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै कानुनी रूपमा अड्चन नभएका उद्योगको लाइन काट्दै जाने जनाएको हो। यसअघि प्राधिकरणले गत शुक्रबार र शनिबार ९ वटा उद्योगको विद्युत् आपूर्ति बन्द गरेको छ । […]