नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकासको लागि नियामकीय संयन्त्र बनाइने

Artharajniti  ~  नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्ने उद्देश्यले द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ। नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक आरबिआइबीच बिहीबार यस्तो सम्झौता भएको हो। भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (युपिआई) र नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस’ (एनपिआइ) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो। भारतको मुम्बईमा भएको […]

” ललिता निवासको जग्गा सरकारको नाममा आयो, सबैलाई बधाई ” : उपप्रधानमन्त्री श्रेष्ठ

Artharajniti   ~  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवासको जग्गा सरकारको नाममा आएको भन्दै सबै नेपाली जनतालाई बधाई दिएका छन्। उनले विशेष अदालत र न्यायाधीशहरूप्रति आभार प्रकट गरेका छन्। ‘अन्ततः ललितानिवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ। जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरूद्ध विशेष अदालतले सत्य […]

” गठबन्धनबाट उपलब्धिसँगै चुनौती पनि बढ्यो ” : कांग्रेस

Artharajniti  ~  नेपाली कांग्रेसले गठबन्धन गर्दा उपलब्धि भए पनि असन्तुष्टि र चुनौती समेत बढेको निचोड निकालेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जारी कांग्रेस केन्द्रीय समिति बैठकमा विधान अधिवेशनका लागि तयार ‘राजनीतिक प्रस्ताव’ पेस गर्दै यस्तो बताएका हुन् । अघिल्लो प्रतिनिधिसभाको विघटनपछि संसद् र संविधानको रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरू गएको निर्वाचनमा एक भएर […]

” एमालेमा अब पुस्तान्तरण हुन्छ ” : अध्यक्ष ओली

Artharajniti  ~ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्न सक्ने खालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे । उनले एमाले त्यो राष्ट्रिय शक्तिका रूपमा रहे पनि निर्णायक […]

रामग्राम क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता खारेज

Artharajniti  ~  लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी “द प्रमिस्ड ल्यान्ड”सँग गरिएका सबै सम्झौता खारेज गरेको छ । कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मंगलबार बसेको कार्यकारिणी समिति बैठकले रामग्राम क्षेत्रमा प्रमिस्ड ल्यान्डसँग गरिएका सम्झौतालगायत सबै कार्य खारेज गर्ने निर्णय गरेको हो । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको २८ […]

” लघुवित्त र सहकारीपीडितलाई न्याय दिन सक्रिय छु ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् । अज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै उनले नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका हुन् । उनले भने, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर […]

दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा र राप्रपाको सहभागिता नहुने

Artharajniti   ~  दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले मंगलबार राजधानीमा आयोजना गरेको भेलामा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाको सहभागिता नरहने भएको छ । राजधानीमा आयोजित कार्यक्रममा प्रसाईंले पूर्वराजा साहका साथै राजावादी पार्टी राप्रपालाई निम्ता दिएका छन् । तर, पूर्वराजा शाह उनको कार्यक्रममा सहभागी नहुने उनको संवाद सचिवालयले जनाएको छ । […]

” निजि क्षेत्रको आर्थिक बिकाशका लागि सरकारले नेत्रित्वो लिनुपर्छ ” – श्री नर बहादुर थापा | पूर्व कार्यकारी निर्देशक | नेपाल राष्ट्र बैंक

अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक श्री नर बहादुर थापा र नेपाली टेलिभिजन क्षेत्रको बिशुद्ध बैंकिंग कार्यक्रम ” Banking Serophero ” का प्रस्तोता श्री मनोज पौड्याल बिच भएका समय सान्धर्भिक कुराकानी : “अनौपचारिक क्षेत्र नघट्नु यसको बिपरित बढ्नु भनेको राज्यको आर्थिक नीतिमा समस्या छ। ” –  बाकि अंश हेर्नको लागि तल click […]

रामग्राम लिज समझदारी रद्द गर्न सार्वजनिक लेखा समितिको निर्देशन

Artharajniti  ~  गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै लुम्बिनी विकास कोषले बिनाप्रतिस्पर्धा एक निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने गरी भएका सबै सम्झौता, समझदारी रद्द गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामाले लुम्बिनी कोषको उपाध्यक्षमा नियुक्ति भएलगत्तै नेपाल सरकारको […]

मौद्रिक नीति समीक्षा पारित गर्न साँझ राष्ट्र बैंकको बोर्ड बैठक बस्ने

Artharajniti   ~  नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि छलफलको एजेन्डा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । गभर्नर कार्यालय स्रोतका अनुसार साँझ ५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले […]