मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

Artharajniti   ~   मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न […]

तरलता बढेको बढ्यै ,फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

Artharajniti ~  नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट फेरि ४० अर्ब रुपैयाँ तान्न लागेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो। तरलता व्यवस्थापनका लागि नै राष्ट्र बैंकले गत शुक्रबार बजारबाट १२ अर्ब १५ रुपैयाँ तानेको थियो। अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि बजारबाट फेरि पैसा झिक्न लागेको राष्ट्र बैंकले […]

विश्वप्रकाश शर्मा : ” बालेनले न्यूरोडमा गर्न लागेको काम ठिक छ, काम गर्न देउ “

Artharajniti  ~  नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई काम गर्न दिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सङ्घ सरकार स्थानीय सरकारसँग संवेदनशील हुनुपर्ने बताए । सांसद शर्माले भने–‘सङ्घ सरकार र स्थानीय तहबिचको द्वन्द्वमा सबैभन्दा बढी संवेदनशील सङ्घ सरकार हुनुपर्दछ । न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि […]

” मेयरले काठमाडौंको सभ्यतामाथि धावा बोले ” : योगेश भट्टराई

Artharajniti   ~  नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यहाँको सभ्यतामाथि धावा बोलेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकपछि बोल्दै सांसद भट्टराईले महानगरपालिकाका मेयर बालेनले ऋषिमुनि, बुद्धले बनाएको सभ्यतामाथि धावा बोलेको बताएका हुन्।‘काठमाडौं महानगरपालिका र सडक विभागका बीचमा केही मतभेदहरू उत्पन्न भए। त्यसको दोष पनि एमालेले बोक्नुपर्ने, […]

सजिलो पे पेमेन्ट र पेवेल नेपाल राष्ट्र बैंकको छानबिनमा

Artharajniti  ~   हुण्डीलगायत गैरकानुनी भुक्तानी कारोबारको शंकामा अनुसन्धानको घेरामा परेका दुई भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक खाता रोक्का भएको छ। पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.का बैंक खाता नेपाल राष्ट्र बैंकले रोक्का गरेको हो। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै नियामकीय अनुपालना सम्बन्धी छानबिनका लागि दुवै भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक तथा […]

गृहमन्त्रीको निजी सचिवालय : ” कास्की प्रहरीमा परेको ठाडो निवेदन हो “

Artharajniti   ~  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निजी सचिवालयले जिल्ला प्रहरी कार्यालय, कास्कीमा लामिछानेविरुद्ध ठाडो निवेदन परेको स्वीकार गरेको छ । सोमबार  प्रकाशित ‘सर्वोच्चले झिकाएको जाहेरीमा पहिलो नम्बरमै छ गृहमन्त्री लामिछानेको नाम’ शीर्षकको समाचारको खण्डन गर्दै निजी सचिवालयले प्रेषित गरेको पत्रमा भनिएको छ–’आधार र कारण बिना बुझाइएको ठाडो निवेदन, जुन दर्ता योग्यसमेत नरहेको भन्दै प्रहरीले […]

दुई दिनमा ७५ अर्ब तरलता तान्दै केन्द्रीय बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले शुक्रबार पनि २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार बैंकिङ्ग प्रणालीबाट ५० तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले दोस्रो दिन पुनः २५ अर्ब तान्ने भएको हो । निक्षेप सङ्कलन उपकरणमार्फत ७ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा बढ्दो […]

” प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ ” : मेयर शाह

Artharajniti ~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको आरोप लगाएका छन् । आज  सामाजिक सञ्जालमार्फत उनले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन सुझाव पनि दिएका छन् । उनले भनेका छन्–’न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन […]

” भ्रष्टीकरणले नेता, कार्यकर्तासँगै देश बिग्रियो ” : माधव नेपाल

Artharajniti  ~ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टीकरण मौलाएको बताएका छन् । वामपन्थी नेता देवशंकर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीति बिग्रनुको प्रमुख कारण नै भ्रष्टीकरण भएको बताएका हुन् । ‘अहिलेको राजनीतिमा सबभन्दा बिग्रेको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । पार्टीका नेता, कार्यकर्ता, समाज र देश […]

कान्तिपुर र पशुपति सहकारीमा अर्बौं बचत ठगीका आरोपी सिबी लामा पक्राउ

Artharajniti  ~  प्रहरीले कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष  चन्द्रबहादुर लामा (सिबी) लाई पक्राउ गरेको हो। सहकारीको अर्बौं बचत अपचलन गरेको आरोपमा लामालाई भारतीय सीमा क्षेत्रबाट शुक्रबार […]