५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

Artharajniti  ~  निक्षेप बढ्ने, तर कर्जा लगानी हुन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता छ । सोहीकारण राष्ट्र बैंकले निरन्तर बैंकिङ प्रणालीमा रहेको अधिक तरलता प्रशोचन गरेर ब्याजदरलाई एउटा वाञ्छित सीमाभित्र राख्ने प्रयास गरिरहेको छ । आइतबार राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । उक्त […]

” बालेन पत्रको जवाफ पनि दिइदैन, जरिवाना पनि तिरिदैन ” : एमाले

Atharajniti  ~  नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको जनाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताए ।उनले भने–‘केन्द्रीय कार्यालयमा पत्र आएको छैन । पत्र पाए पनि जरिवाना तिर्ने कुरा हुँदैन । हामीले के गरेका छौं र जरिवाना तिर्ने ?’ सभा सकिएलगत्तै आफैं […]

” नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ ” : विप्लव

Artharajniti  ~  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताएका छन् । शनिवार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बनाएका हुन् । उनले पुराना पार्टीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाउने र आफू भ्रष्टाचारी नभएको प्रष्टीकरण मात्रै दिने […]

लामिछानेलाई पाँचौं पटक म्याद थपका लागि अदालत उपस्थित गराइयो

Artharajniti  ~  सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार पुनः म्याद थपका लागि अदालत उपस्थित गराइएको छ। लामिछानेमाथि अनुसन्धान गर्न यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप भएको हो। आइतबार पाँचौंपटक म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार […]

” नेपालमा लगानी गर्ने वातावरण सिर्जना भएको छ ” : अर्थमन्त्री पौडेल

Artharajniti  ~  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना भएको बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी स्कोर प्राप्त गरेपछि नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको उल्लेख गरे । रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र […]

विद्युत प्राधिकरणको अनियमितता छानबिन गर्न सरकारले बनायो समिति

Artharajniti  ~  सरकारले विद्युत प्राधिकरणमा भएका अनियमितता लगायतका विषय छानबिन गर्न समिति बनाएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो। आयोगमा एक जना प्राविधिक र चार्टड एकाउन्टेन पनि रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उनकाअनुसार सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल आयोगले औंल्याएका अन्य विषयबारे पनि […]

एमालेको प्रदर्शन : काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

Artharajniti  ~  सत्तारूढ नेकपा एमालेले नै दरबार मार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । एमालेले दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्ने घोषणा गरेर प्रदर्शनको तयारी गरेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । “हाम्रै भोटले उनीहरू सरकारमा गए अहिले उनीहरूले नै आन्दोलन गरेर हामीलाई दुःख दिइरहेका छन् । आखिर यो शक्ति […]

” नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ ” : अध्यक्ष प्रचण्ड

Artharajniti ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताएका छन्। नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बिच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेका सन्दर्भमा बुधबार वक्तव्य दिँदै अध्यक्ष दाहालले शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको बताए। ‘आजको दिन सबैले स्मरण र […]

बैंकमा पैसा धेरै भएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक

Artharajniti   ~  नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ । यसमा भाग लिन घटीमा रु १० करोड र बढीमा ५ […]

म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै

Artharajniti  ~  साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज अदालत पेस गरिने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनीविरुद्ध साइबर अपराधसँगै […]