आज बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा ६ हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा […]

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरणसहित चारवटा विधेयक प्रमाणीकरण

Artharajniti ~   राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बिहीबार ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्। त्यस्तै, उनले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ पनि प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले […]

” प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हितमा आँच पुग्दा सत्तापक्ष किन मौन?” : प्रमुख सचेतक ओली

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएको विषयमा प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गरेको आरोप लगाइन् । प्रमुख सचेतक ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार मात्र नभई राज्यको आधिकारिक धारणा […]

नवनियुक्त मुख्यसचिव कार्कीले पूरा कार्यकाल काम गर्न पाउने छैनन्

Artharajniti ~  मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ। २०२७ साल ९ महिना २५ गते भोजपुरमा पिता थिरबहादुरको पुत्रका रूपमा जन्मिएका कार्की २०५३ पुस ७ गते शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए। ०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्की उद्योग वाणिज्य तथा आपूर्ति […]

एमालेले कार्यदलबाट फिर्ता बोलायो आफ्नो प्रतिनिधि

Artharajniti  ~  नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ । एमाले महासचिव शङ्कर पोखरेलले कार्यदल संयोजक असिम शाहलाई बिहीबार पत्र पठाउँदै पार्टीका तर्फबाट कार्यदल सदस्य रहेका डा.भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी गराएका हुन् ।  कार्यदलको सुरुका बैठकमा अधिकारी सहभागी भए पनि पछिल्ला दिनमा सहभागी हुन छाडेका थिए । कार्यदलको काम कारबाही […]

कांग्रेसले संविधान संशोधनबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै

Artharajniti  ~  नेपाली कांग्रेसले संविधान संशोधनको विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ आज सार्वजनिक गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न कांग्रेसले […]

बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ

Artharajniti ~  बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो । सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरे ।‘विभिन्न तीन जनालाई पक्राउ गरेका छौं । उहाँहरुमाथि अनुसन्धान बढ्छ’, एसएसपी जबराले भने । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको […]

कृषि र साना व्यवसाय कर्जामा नयाँ व्यवस्था

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले साना र मझौला कर्जाको धितो मूल्याङ्कन प्रक्रियालाई सरल बनाएको छ।  आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसाय कर्जा प्रवाहलाई सरल बनाएको हो। जसअनुसार १० लाखसम्मको कर्जाको हकमा सुरक्षणको रुपमा राखिएको धितोको मूल्यांकन बैंक तथा वित्तिय संस्थाका […]

प्रधानमन्त्री बनेपछि पहिलोपटक उद्योगी /व्यवसायी भेट्दै बालेन

Artharajniti  ~  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुधबार निजीक्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गर्ने भएका छन् । शाह प्रधानमन्त्री बनेपछि पहिलोपटक निजीक्षेत्रका प्रतिनिधिसँग संवाद गर्न लागेका हुन् । प्रधानमन्त्री शाह र निजीक्षेत्रका प्रतिनिधिबीच बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता हुने भएकाे हाे ।  बैठकमा मुलुकको आर्थिक अवस्था, निजीक्षेत्रका चुनौती तथा सरकारसँगको सहकार्यका विषयमा […]

नक्कली भुटानी शरणार्थी प्रकरण : अधिकांश आरोपी दोषी ठहर

Artharajniti  ~  नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपी  कसुर ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौँले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो । सजाय निर्धारण भने अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा भनिएको छ । २०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस […]