मन्त्रिपरिषद्मा तत्काल कुनै परिवर्तन नहुने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति
Artharajniti ~ प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्मा तत्काल कुनै हेरफेर नहुने बताएका छन्। दुबईमा भएको कोप-२८ सम्मेमलनमा भाग लिएर आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्रि हेरफेरको विषय आफ्नो दिमागमै नरहेको बताए। ‘यस विषयमा गठबन्धनमा छलफल भएको छैन। सोचिएको पनि छैन। मेरो दिमागमै छैन। यो र्युमर मात्र हो,’ उनले भने। […]