प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने

अर्थ राजनीति ~ हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको आवाजमा आफूहरुको पनि समर्थन रहेको बताएका छन । राप्रपाले झापा, मकवानपुर लगायतका जिल्लामा […]

नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक आज बस्दै

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालबिच कुरा चलिरहेको छ । प्रधानमन्त्री ओलीले भने शीर्ष तहमा […]

अध्यादेशको विरुद्धमा सर्वोच्च अदालतमा दायर भएका दुईवटा रिटमा शुक्रबार सुनुवाई नहुने

अर्थ राजनीति ~ संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरुद्धमा सर्वोच्च अदालतमा दायर भएका दुईवटा रिटमा शुक्रबार सुनुवाई नहुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट शुक्रबार संवैधानिक इजलासमा पेसी तोकिए पनि सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूर्ण […]

सभामुख अग्नि सापकोटाको मुद्दा पेसीमा चढाएको

अर्थ राजनीति ~ सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दा पेसीमा चढाएको छ । सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।

पेरिसडाँडामा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला

अर्थ राजनीति ~ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला बोलाइएको छ । पेरिसडाँडामा आयोजित भेलामा प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु सहभागी रहेको जानकारी छ । भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले पार्टीभित्रको वर्तमान परिस्थितिबारे […]

वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट भेटिएको साढे २३ किलो सुन

अर्थ राजनीति ~ वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट भेटिएको  साढे २३ किलो सुनका मालिक प्रहरीले पत्ता लाउन सकेन । सुन मालिक नभेटिएपछि प्रहरीले राजश्व अनुसन्धान विभागको पथ्लैयास्थित कार्यालयमा बरामद सुन, चाँदीसहितका गरगहना बुझाएको छ । विभागले सुनलाई लिलाम बिक्री गर्ने तयारी गरेको छ । बिक्रीबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । जिल्ला प्रहरी कार्यालय, […]

टिकापुरमा भएको घटना उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

अर्थ राजनीति ~ पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटना उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । २०७२ साल भदौ ७ गते टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त […]

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय

अर्थ राजनीति ~ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । सनातन हिन्दु राष्ट्र […]

आजबाट भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु

अर्थ राजनीति ~  कोरोनाको कारणले हवाई उडान नौ महिना जति  बन्द भएको थियो । आजबाट भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु भएको छ । सरकारले ११ चैतपछि देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो ।  आज नेपाल एयरलाइन्स जहाजको पहिलो उडान हो  । नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली […]