प्रचण्ड र माधवलाई चुनाव जितेर देखाउन ओलीले दिए चुनौती

अर्थ राजनीति  ~  एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका कारण चुनाव जितेको दावी गरेका छन् । आइतबार झापामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले माओवादी र माधव नेपालको पार्टीले अरुले उमारेको जुँगामा ताउ लाइरहेको पनि बताए । उनले प्रचण्ड र माधव नेपाललाई अव चुनाव जितेर देखाउन […]

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

” दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ ” : परराष्ट्रमन्त्री खड्का

अर्थ राजनीति  ~  परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज सोमबार जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि […]

हाम्रो टीमबाट सभापतिको साझा उम्मेदवार मै हुँ : रामचन्द्र पौडेल

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वाभाविक रुपमा आफूहरुको टीमबाट साझा सभापति उम्मेदवार आफू भएको बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले यसअघि पनि सभापति उम्मेदवार रहिसकेकाले आफू स्वाभाविक साझा उम्मेदवार रहेको बताएका हुन्।‘हाम्रो टीमबाट एकजना सभापतिको उम्मेदवार हुन्छ। यसअघि पनि म उम्मेदवार रहिसकेकाले म […]

नेतृत्वकै कारण कांग्रेसमा बेथिति : कांग्रेस नेता सिंह

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितीमा राखेको आरोप लगाएका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली काँग्रेसलाई बेथितीमा राखेको आरोप लगाएका हसन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वमा कब्जा गर्ने निहित उद्देश्यले अहिले पार्टीलाई […]

आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् । मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ । न्यायाधीशहरूबीचके बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले […]

अमेरिकाबाट एक लाख डोज फाइजर खोप आइपुग्यो

अर्थ राजनीति  ~  अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुगेको  छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप आज नेपाल आउन लागेको हो । उक्त खोप आज बिहान ९ बजे कतार एयरवेजको फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । यसअघि अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड […]

प्रधानन्यायाधीश र बारको टोलीबीच भेटघाट जारी

अर्थ राजनीति  ~  नेपाल बार एसोसियसनको टोलीले न्यायपालिका सुधारको सम्बन्धमा अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफल गरिरहेको छ । बिहान साढे १० बजेदेखि भईरहेको छलफलमा न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगहरुमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिकलगायतका विषयमा छलफल भईरहेको बुझिएको छ । यस्तै प्रधानन्यायाधीश राणाबारे पछिल्ला दिनमा लागेको आरोपका […]

प्रधानमन्त्री देउवा पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न त्यसतर्फ लागेका छन्। बाढी, पहिरो र डुबान प्रभावित जिल्ला सुनसरी, मोरङ, इलाम र पाँचथरमा निरीक्षणका लागि प्रधानमन्त्री देउवा नेतृत्वको टोली नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान त्यसतर्फ लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, […]

” माधव नेपाल बाहिरिएपछि एमाले एकताबद्ध भयो ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरुले देशलाई दिशाहीन अवस्थामा पु¥याउने प्रयास गरिरहेको आरोप समेत लगाए । शनिबार देशभरका पार्टी वडा अधिवेशनहरुको भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्दै उहाँले […]