पूर्वप्रधानन्यायाधीश पराजुली :” प्रधानन्यायाधीश राणाले तत्काल निकास दिनुपर्छ “

अर्थ राजनीति  ~  पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताएका छन् । बुधवार पत्रकार संग पूर्व प्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने बताएका हुन् । उनले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन […]

चीनबाट १० लाख डोज खोप काठमाडौँ आइपुग्यो

अर्थ राजनीति  ~  सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान ९ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता […]

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने

अर्थ राजनीति  ~  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् । नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने जानकारी दिए ।

केपी ओली र प्रभु साहबीच भेटवार्ता

अर्थ राजनीति  ~  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ । एमाले छाडेर नेकपा ब्युँताउने तयारीमा रहेका साहलाई बुधबार बिहान अध्यक्ष ओलीले छलफलका लागि आफ्नो निवास बालकोट बोलाएका थिए । माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका प्रभु साह पछिल्लो समय एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका थिए […]

“अदालतमा देखिएको समस्या अदालतले नै समाधान गर्छ ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे । नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना […]

न्यायाधीशको पक्ष-विपक्षमा एमाले लाग्दैन : अध्यक्ष केपी शर्मा ओली

अर्थ राजनीति  ~  एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालत भित्रको विवादमा एमाले कसैको पक्ष र विपक्षमा नलाग्ने प्रष्ट पारेका छन् । मोरङको विराटनगरमा मंगलबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले राजीनामा दिन पर्छ या पर्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले सर्वोच्च अदालतको अशोभनीय गुटबन्दीमा नफस्ने बताए । कसैको पक्ष र विपक्षमा […]

काठमाडौंमा आजबाट अष्ट्राजेनेकाको दोस्रो डोज लगाइदै

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका आठवटै नगरपालिकामा आज कोरोनाविरुद्धको अष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै छ । पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नागरिकहरुलाई आज दोस्रो मात्रा लगाउन लागिएको हो । काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा अष्ट्राजेनेकाको दोस्रो डोज लगाउन लागिएको स्वास्थ्य कार्यालयले […]

प्रधानन्यायाधीशमाथि पद त्याग्न चौतर्फी दवाव

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि पद त्यागका लागि चौतर्फी दबाव बढेको छ । सर्वोच्च अदालत भित्रै एक्लिनु भएका राणामाथि नेपाल बार एशोसियसनदेखि पूर्व प्रधानन्यायाधीशहरु र वरिष्ठ अधिवक्ताहरु समेतले पद त्यागका लागि दबाव बढाएका छन् । सर्वोच्च अदालतमा हाल रहेका २० मध्ये १३ जना न्यायाधीश प्रधानन्यायाधीश जबराको राजिनामाको पक्षमा उभिएका छन् । राणाका गतिविधिले […]

देउवाको रणनीति : पहिला चुनाव, अनि मात्र महाधिवेशन

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छैन। त्यसैलाई कारण देखाएर सभापति देउवा आमनिर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गराउने पक्षमा जुटेका हुन्। निर्वाचन […]

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । […]