आजदेखि अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज

अर्थ राजनीति  ~  सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत आजबाट बुस्टर डोज खोप दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई आजबाट बुस्टर डोज खोप दिने भएको हो । ६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई पनि बुस्टर डोज दिइने भएको छ । ६० वर्ष तथा सो भन्दामाथि उमेर समूहका नागरिकलाई भने माघ १४ गतेबाट खोप […]

पाल्पाको रानीमहल पनि अब संग्रहालय

अर्थ राजनीति  ~  नारायणहिटीलाई संघीय सरकारले संग्रहालयमा परिणत गरेजस्तै पाल्पाको रानीमहललाई पनि संग्रहालय बनाइएको छ। यो काम भने तानसेन नगरपालिकाले बौघागुम्हा र बगनासकाली गाउँपालिकासँग मिलेर गरेको हो। नेपालको ताजमहलका रुपमा चिनिएको रानीमहल दरबार अब नयाँ सजावटसाथ तयार छ। खड्ग शम्शेरले निर्माण गरेको यो दरबारमा संग्रहालयका रुपमा विकसित गर्दै उनले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्रामजस्ता […]

लिपुलेकबारे कांग्रेस : भारतले सडक निर्माण गर्नू आपत्तिजनक

अर्थ राजनीति  ~  सत्तारुढ दल नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नू आपत्तिजनक भएको बताएको छ । कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार साँझ कांग्रेसको धारणा सार्वजनिक गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा आपत्ति प्रकट गरेका हुन् । कांग्रेसले लिपुलेकमा भारतले गरिरहेको सडक निर्माण गम्भीर भएको भन्दै निर्माण कार्य रोक्न […]

बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै

अर्थ राजनीति  ~  तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा छ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते आठ जनालाई गएराति नै भरतपुर रिफर गरिएको थियो । घाइतेको अवस्था सामान्य रहेको तनहुँ प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीकी २१ वर्षीया […]

घ्यु, चाकु खाएर मनाइयो माघे सङ्क्रान्ति

अर्थ राजनीति  ~  माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन्। माघ १ गतेदेखि […]

रात्रिकालीन व्यवसाय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

अर्थ राजनीति  ~  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेश अनुसार रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने भएको छ । राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको हो । यसैगरी, सिनेमा […]

” राष्ट्रपति कार्यालय विस्तार गर्न जरूरी छैन “: मन्त्री झाक्री

अर्थ राजनीति  ~  सहरी विकास मन्त्री रामकुमारी झाक्रीले महाराजगन्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)लाई अहिलेकै अवस्थामा रहन दिने बताएकी छन्। मन्त्री झाक्रीले प्रहरी तालिम केन्द्रको महत्व र प्रहरीको भावना जोडिएकाले त्यहाँ अन्य संरचना नबन्ने बताएकी हुन्। उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने […]

बतास प्रकरण : उद्योग वाणिज्य महासंघले जनायो आपत्ति

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेसनको प्रकरणमा व्यवसायीको मानमर्दन गरिएको भन्दै आपत्ति जनाएको छ । बतास अर्गनाइजेसनले सरकारले मागेको टेन्डर अनुसार काम गरेको भन्दै व्यवसाय गर्ने व्यवसायीको चाहनालाई गैरकानुनी नभन्न महासंघले माग गरेको छ । महासंघको विज्ञप्तिमा सञ्चारमाध्यम र सरोकारवाला अन्य निकायले व्यवसायीको भावना नबुझी एकलौटी रूपमा सूचना प्रवाह गरेको गुनासो गरिएको छ । प्रक्रिया र […]

२४ घण्टामा थपिए ५०८७ जना कोरोना संक्रमित

अर्थ राजनीति  ~  पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वैशाखमा चुनाव गराउन सरकारले तत्काल निर्णय लिनुपर्ने आयोगको निष्कर्ष

अर्थ राजनीति  ~  निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले उपयुक्त निर्णय गर्नुपर्ने धारणा राखेको छ । आयोगले बोलाएको सर्वदलीय बैठकमा आयोगका पदाधिकारीले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताएका हुन् । निर्वाचन आयोगले निर्वाचन गराउने प्रकृया सुरु गरिसकेको छ । जसअनुसार […]