बतास प्रकरण : उद्योग वाणिज्य महासंघले जनायो आपत्ति

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेसनको प्रकरणमा व्यवसायीको मानमर्दन गरिएको भन्दै आपत्ति जनाएको छ । बतास अर्गनाइजेसनले सरकारले मागेको टेन्डर अनुसार काम गरेको भन्दै व्यवसाय गर्ने व्यवसायीको चाहनालाई गैरकानुनी नभन्न महासंघले माग गरेको छ । महासंघको विज्ञप्तिमा सञ्चारमाध्यम र सरोकारवाला अन्य निकायले व्यवसायीको भावना नबुझी एकलौटी रूपमा सूचना प्रवाह गरेको गुनासो गरिएको छ । प्रक्रिया र कानुनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिँदैन तर त्यसको सत्यतथ्य खोजी हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । सञ्चारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टीकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन, ‘ विज्ञप्तिमा भनिएको छ ।यसअघि महासंघका अध्यक्ष शेखर गोल्छा र पोखरा उद्योग वाणिज्य संघले पनि यस विषयमा आपत्ति जनाएका थिए ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छानबिन टोलीले भने सम्झौता गरिएको भन्दा धेरै क्षेत्रमा संरचना बनाएको भन्दै भत्काउनु पर्ने निष्कर्ष निकालेक थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्