” स्थानीय तह आत्मनिर्भर बने मात्रै देश विकास हुन्छ ” : अर्थमन्त्री

अर्थ राजनीति ~ अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताएका छन् । मंगलबार दिउँसो राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको विकास गर्न स्थानीय तहलाई प्रोत्साहन गर्नुपर्ने बताए ।‘स्थानीय तहलाई आत्मनिर्भर नबनाई सुखै छैन’ उनले भने, ‘उत्पादन, निजी क्षेत्र, […]

केन्द्रीय समितिमा व्यवसायीको प्रतिनिधित्व गराउने प्रचण्डको आश्वासन

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने बताएका छन् । नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको बताए । पार्टीको केन्द्रीय समितिमा उद्योगी व्यवसायी, डाक्टर, इन्जिनियर लगायतको समुचित प्रतिनिधित्व भयो भने सही […]

एमसीसी सम्झौता बुझाउन कांग्रेसले घर-घरमा पुस्तिका पठाउने

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए। देशभरका […]

नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले आगामी बुधबार ६ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी दुई किसिमका कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, सामूहिक संघ, संस्था तथा व्यक्तिले आज सोमबार […]

तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन गृहमन्त्री खाणको आग्रह

अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाणले तोकिएको मितिमा नै निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । सरकारले आगामी वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन अब ७० दिन बाँकी रहेकोले निर्वाचन सोही समयमा सम्पन्न गर्नेमा कुनै शंका नगर्न आग्रह गरे । रुपन्देहीको भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव समारोह तथा भवन […]

५ सय ११ नेपालीले छोडे युक्रेन, ४० परिवार बाहिर निस्कन नसक्ने अवस्थामा

अर्थ राजनीति  ~  रुस-युक्रेन द्वन्द्वका कारण ५ सय ११ जना नेपालीले युक्रेन छोडेका छन् । अधिकांश नेपाली युक्रेनसँग सीमाना जोडिएको देशमा सुरक्षित बसेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतका देशमा पुगेका छन् । दूतावासका अनुसार ४ […]

चुनावअघि नै सशस्त्र र नेपाल प्रहरीमा नयाँ आईजीपी

अर्थ राजनीति  ~  मुलुकको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा चुनावअघि नै नेतृत्व परिवर्तन हुँदैछ । सशस्त्र प्रहरीमा त सरकारले घोषणा गरेको चुनावको मिति ३० वैशाख अघि दुई जना प्रहरी प्रमुख फेरिनेछन् । नेपाल प्रहरीमा रहेका हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले १० वैशाख २०७९ मा अवकाश पाउँदैछन् । सशस्त्र […]

माओवादीको केन्द्रीय समिति बैठक सुरु

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक राष्ट्रिय सभागृहमा केहीबेर अघि सुरु भएको हो । बैठकको पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति […]

एमसीसी अनुमोदन पछि प्रधानमन्त्री देउवालाई छैन कुनै हतार

अर्थ राजनीति  ~  शुक्रबारदेखि चुनावी तयारी कार्यक्रम शुरू गर्ने नेपाली कांग्रेसको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सत्ता गठबन्धनको बैठक राखे । बालुवाटारमा बसेको गठबन्धनको बैठक चुनावी एजेण्डामा केन्द्रित भयो । ‘जुन कारणले हामीले गठबन्धन बनाएका थियौं । राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक छ’ सरकारका प्रवक्तासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य […]

नारायणकाजी पक्षधरको निष्कर्ष : ” प्रचण्ड अब सुध्रिँदैनन्, सँगै बस्नुको अर्थ छैन ” !

अर्थ राजनीति  ~  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसद्बाट अनुमोदन गरेसँगै सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा ‘गम्भीर मतभेद’ उत्पन्न भइ पार्टी फुटको संघारमा पुगेको माओवादीकै नेताले बताउन थालेका छन् । एमसीसी अनुमोदन गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णयको गम्भीर उल्लङ्घन गर्नुका साथै पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा […]