” स्थानीय तहलाई विकासको जिम्मेवारी दिन आवश्यक छ ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~ प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् ।ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन् । उनले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको पनि बताए […]

सांघाई कोभिड: चीनले गर्‍यो सहरव्यापी लकडाउन घोषणा

अर्थ राजनीति~  चीनमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित पुष्टि हुने सङ्ख्या निरन्तर रूपमा पछिल्ला दिनमा बढ्दै गएको छ। सबैभन्दा ठूलो सहर सांघाईमा पनि सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै त्यहाँ लकडाउन घोषणा गरिएको छ। दुई वर्षभन्दा अगाडि कोरोनाभाइरसको महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो। नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ। सहरको पूर्वी आधा भागमा बस्ने आधा […]

” चुनावी तालमेल आवश्यकताका आधारमा ” : प्रवक्ता डा. महत

अर्थ राजनीति  ~  सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट […]

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा भाग नलिने

अर्थ राजनीति  ~  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा पार्टीले भाग नलिने भएको छ ।आगामी वैशाख ३० मा हुने स्थानीय निवाचन बहिष्कार पनि नगर्ने पक्षमा नेपाल कम्युनिष्ट पार्टी छ । कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि व्यापक छलफल भएको थियो । महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा […]

स्थानीय तह चुनावमा एक करोड ७७ लाख मतदाता र दश हजार मतदानस्थल

अर्थ राजनीति  ~  स्थानीय तह निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार सबैभन्दा बढी मतदाता बाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८६९ रहेका छन्। सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा छन्। कर्णालीमा दश लाख एक हजार २८२ मतदाता छन्। आयोगले २०७९ वैशाख २९ […]

विदेशमन्त्रीसँग प्रचण्ड भन्छन् : ” बीआरआई परियोजनाका कामलाई अघि बढाउनुपर्छ “

अर्थ राजनीति  ~  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ।नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै माओवादीले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ […]

” गठबन्धनलाई मुलुकको सुशानमा प्रयोग गर्नुपर्छ ” : मन्त्री झाँक्री

अर्थ राजनीति  ~ सहरी विकासमन्त्री एवम नेकपा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्रीले गठबन्धनको मोर्चालाई मुलुकको सुशानका निम्ति प्रयोग गर्नुपर्ने बताएकी छिन् । आइतबार पार्टी निकट मुस्लिम इत्तेहाद संगठनको भेलामा सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘अहिले गठबन्धनको मोर्चा छ । र, यो मोर्चालाई मुलुकको सुशानका लागि, राजनीतिक प्रणालीको स्थायित्वका लागि र लोकतन्त्रको प्रवद्धनको लागि यसलाई प्रयोग गर्नुपर्छ […]

कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु

अर्थ राजनीति  ~   सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको हो ।बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्था जानकारी गराउँदै छन् । त्यसका लागि केन्द्रीय सदस्यलाई ५ मिनेटको समय उपलब्ध गराइएको कांग्रेसले जनाएको छ । यसअघि पहिलो दिन […]

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

अर्थ राजनीति  ~  चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान विदेशमन्त्री वाङ र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी लगायत सहभागी रहेका थिए । यसअघि शनिबार विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुई […]

” चुनावमा बाम दलहरु फेरि मिल्न सक्छन् ” : डा. शेखर कोइराला

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउदो चुनावमा बाम दलहरु फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा मंगलबार नेता कोइरालाले देशभरका कार्यकर्ताको कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत रहेको दाबी गर्नुभयो । उहाँले नेता कार्यकर्ताको मत गठबन्धन विपरीत भएपनि २०७४ मा जस्तो […]