श्रीलंकामा मन्त्रिपरिषद्का सबै सदस्यको सामूहिक राजीनामा संगै, केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

अर्थ राजनीति  ~ बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् ।यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ । खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाकोसमेत अभाव हुन थालेको छ । देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ […]

दुर्गा प्रसाईंको २ अर्बको तरकारी बजारको आज ओली द्वारा उद्घाटन

अर्थ राजनीति  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गर्दैछन् । देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने भएका हुन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका […]

” भरतपुर महानगरपालिकाको मेयरमा माओवादीको दावी रहने छ ” : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने पक्का भएको दावी गर्नुभएको छ । आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन तहका निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन हुन बताउनुभएको हो । उहाँले आफ्नो दलको प्रभाव रहेकाले भरतपुरको मेयरमा माओवादीको दावी कायम रहेको पनि बताउनुभएको छ । उहाँले नेपाली […]

” दिगो विकास र शान्तिको लागि बिमस्टेकसहित निजी साझेदारको आवश्यकता” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताउनुभएको छ । उहाँले दिगो विकास र शान्तिको लागि बिमस्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग […]

” बञ्चरेडाडाँ ल्याण्डफिल साइट पुग्ने वैकल्पिक सडक बनाइने ” : मन्त्री झाँक्री

अर्थ राजनीति  ~  सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाडाँ ल्याण्डफिल साइट पुग्ने वैकल्पिक सडक बनाइने बताएकी छिन् । उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पटक-पटक समस्या सृजना भएकाले वैकल्पिक सडक निर्माणको काम अघि बढाइने बताएकी हुन् । हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल क्षेत्र पुग्ने सडकलाई तत्काल स्तरोन्नती गरिने बताउँदै मन्त्री झाँक्रीले बञ्चरेडाडाँ पुग्ने वैकल्पिक सडकको काम […]

देउवा र प्रचण्डकाे टेकाेबेगर चुनावमा जान डराइरहेका छन् माधव नेपाल

अर्थ राजनीति  ~  पञ्चायतकालीन माले होस् वा बहुदलपछिको एमाले, पूर्वप्रधानमन्त्री माधव नेपाल पार्टीका कुशल संगठक मानिन्छन् । ६९ वर्षको उमेरमा अहिले पनि उनी उस्तै जोसजाँगरका साथ संगठन विस्तारमा देश दौडाहा गरिरहेका छन् । तर, यसपटक नेता नेपालसँग न पुरानो साख छ, न त उनीप्रति पहिलेजस्तो आकर्षण । गत भदौमा जन्मिएको उनको पार्टी एकीकृत समाजवादीको जरा […]

” कहीँ एक्लै लड्छौं, कुनै ठाउँमा तालमेल गर्छौं ” : विश्वप्रकाश शर्मा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले कुनै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने र कुनै स्थानमा तालमेल गर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा तालमेल गर्ने वा एक्लै प्रतिस्पर्धा गर्ने भनेर केन्द्रीय सदस्यहरु विभाजित भइरहेको बेला महामन्त्री शर्मा भने, ‘कहीँ एक्लै जित्ने, कहीँ तालमेल रणनीतिक बिषय हो ।’ तालमेल […]

लोसपा सरकार र गठबन्धनमा सहभागी हुने

अर्थ राजनीति ~  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुने करिब करिब निश्चित भएको छ । सरकारमा सहभागी भएपछि स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा सहभागी हुने विषयमा पनि छलफल भइरहेको छ । यो विषयमा सो पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति […]

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

अर्थ राजनीति  ~  गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने/नगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिंदै गएको हो । सभापति शेरबहादुर देउवा निर्वाचनमा तालमेल गर्नुपर्ने पक्षमा दृढ हुनुहुन्छ भने नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत पक्ष कांग्रेस एक्लै चुनावमा जानुपर्ने […]

अध्यक्ष ओलीले आज रुपन्देही स्थित भ्यु टावरको उद्घाटन गर्दै

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज धरहरा पछिकै सबैभन्दा ठूलो भनिएको भ्यु-टावरको उद्घाटन गर्दैछन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन गर्न ओली त्यसतर्फ जान लागेका हुन् । लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल […]