ललितपुरका जनप्रतिनिधिलाई आज प्रचण्डले प्रशिक्षण दिने

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ललितपुरमा पार्टीबाट चुनिएका स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँने भएका छन् । बिहान ११ बजेबाट गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन लागिएको हो । प्रचण्डले यसअघि पनि देशभरका जनप्रतिनिधिलाई स्थानीय जनताको चाहनाअनुसार काम गर्न निर्देशन दिएका थिए । समाजवादको […]

बजेट अधिवेशन समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नगर्ने

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नगर्ने भएका छन । नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका हुन् । “अहिले मलाई मन्त्रिमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनु पर्छ भन्नेमा दबाब बढ्छ भन्नु भएको […]

कुलेखानीको पानी काठमाडौं ल्याउने खानेपानीमन्त्री चौधरीको दाबी

अर्थ राजनीति  ~ खानेपानीमन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसंख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुर जिल्लाको सिस्नेरीस्थित कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी काठमाडौं ल्याउने दाबी गरेका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले दिएको सिस्नेरी खोलााको पानी आपूर्ति गर्ने आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरीक्षण गर्न पुगेका मन्त्री […]

अमेरिकामा बन्दुक नियन्त्रणमा लिईने

अर्थ राजनीति  ~  अमेरिकी सासंदहरूले बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन् । सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । बफेलो, न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कूले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको […]

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मिति एक सातापछि घोषणा गर्ने तयारी

अर्थ राजनीति  ~  वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै प्रमुख राजनीतिक दलहरुमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबारे चर्चा सुरु भएको थियो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलसमेत आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्नुपर्नेमा लगभग सहमत भैसकेका छन् । सोही अनुसार निर्वाचन आयोगले मतदाता नामावली […]

मन्त्री हेरफेरको तयारी सहित सत्ता गठबन्धनको बैठक बस्दै

अर्थ राजनीति  ~  सत्ता गठबन्धनको बैठक बुधबार बस्दै छ । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।नेपाली काँग्रेसका एक नेताका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रिय जनमोर्चालाई […]

आन्तरिक उडानको बन्द फिर्ता, मागबारे मध्याह्न पुनः वार्ता हुने

अर्थ राजनीति  ~  बुधबारदेखि आन्तरिक उडान बन्द हुने घोषणासँगै मंगलबार दिनभर तातेको उड्डयन क्षेत्र सहमतिमा अघि बढेको छ। सरकार र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। प्रधानमन्त्री कार्यालयको पहलमा सरकार र संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहितको वायुसेवा सञ्चालकहरूको टोलीबीच मंगलबार राति वार्ता भएको थियो। […]

“चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन” : शंकर पोखरेल

अर्थ राजनीति  ~  नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् ।  रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन् -‘निश्चित पेशा वा व्यवसायमा सफल […]

” नेता सत्तामा लिप्त हुँदा महंगीले जनताको ढाड भाँचियो ” : डा. भट्टराई

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेता सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मूल्यवृद्धि हुँदा पनि गठबन्धन सरकारले पहल नगरेको भन्दै आपत्ति जनाएका हुन्। ‘हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र […]

सरकार भन्छ : ” पेट्रोलियम पदार्थको मुल्य वृद्धि नेपालको काबु बाहिर छ “

अर्थ राजनीति  ~  सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि नेपालको काबु बाहिर रहेको जवाफ दिएको छ । प्रतिनिधिसभामा सांसदहरुले पेट्रोलियम पदार्थको मुल्य वृद्धिबारे सोधेका प्रश्नहरुको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले यस्तो बताएका हुन् । ‘मुल्य वृद्धि हाम्रो काबुभन्दा बाहिरको अवस्थामा छ’ उनले थपे, ‘रुस–युक्रेनको युद्ध भयो । यसले पछिल्लो समय मुल्य निरन्तर […]