कुलेखानीको पानी काठमाडौं ल्याउने खानेपानीमन्त्री चौधरीको दाबी

Machchapuchchre

अर्थ राजनीति  ~ खानेपानीमन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसंख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुर जिल्लाको सिस्नेरीस्थित कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी काठमाडौं ल्याउने दाबी गरेका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले दिएको सिस्नेरी खोलााको पानी आपूर्ति गर्ने आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरीक्षण गर्न पुगेका मन्त्री चौधरीले यस्तो जानकारी दिएका हुन् । मन्त्री चौधरीले वर्षा र बाढीका कारण मेलम्चीको पानी सुन्दरीजलतर्फ पथान्तरण गर्न नसक्ने अवस्थामा र सुख्खायाममा पानीको माग बढेको बेला कुलेखानी खोलाको पानी काठमाडौंमा उपत्यकामा दैनिक करिब १५ करोड लिटर वितरण गर्न सकिने योजना रहेको बताए । उनले कुलेखानीको पानी दीर्घकालीन रूपमा बाँध बाँधेर काठमाडौ लैजाने र अल्पकालीन रूपमा दुई वर्षभित्रै लिफ्टिङ गरेर लैजान सकिने पनि दाबी गरे । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजिवविक्रम राणाले सिस्नेरी खोलामा बाँध निर्माण गर्नेस्थल भौगोलिक रूपमा उपयुक्त, वातावरणीय प्रभाव न्यून रहेको र थोरै समुदायमात्र प्रभावित हुने र पाइपलाइन विस्तार गर्न काठमाडौं/ तराई/मधेस द्रूतमार्गको किनारा प्रयोग गर्न सकिने बताए । काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिब १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र बागमती नदीनजिक रहेको प्रस्तावित बाँधस्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा दैनिक करिब १५ करोड लिटर पानी पठाउन सकिने सम्भाव्यता रहेको अध्ययनले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्