प्रधानमन्त्री बनेपछि पहिलोपटक उद्योगी /व्यवसायी भेट्दै बालेन

Artharajniti  ~  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुधबार निजीक्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गर्ने भएका छन् । शाह प्रधानमन्त्री बनेपछि पहिलोपटक निजीक्षेत्रका प्रतिनिधिसँग संवाद गर्न लागेका हुन् । प्रधानमन्त्री शाह र निजीक्षेत्रका प्रतिनिधिबीच बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता हुने भएकाे हाे ।  बैठकमा मुलुकको आर्थिक अवस्था, निजीक्षेत्रका चुनौती तथा सरकारसँगको सहकार्यका विषयमा […]

नक्कली भुटानी शरणार्थी प्रकरण : अधिकांश आरोपी दोषी ठहर

Artharajniti  ~  नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपी  कसुर ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौँले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो । सजाय निर्धारण भने अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा भनिएको छ । २०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस […]

जयवीर देउवा लाई सात दिनभित्र उपस्थित हुन पत्र

Artharajniti  ~  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एवं पूर्वमन्त्री डा. आरजु राणाका छोरा जयवीरलाई सात दिनभित्र उपस्थित हुन पत्र काटेको छ । विभागका अनुसन्धान अधिकृतहरूको टोलीले सोमबार बूढानीलकण्ठस्थित देउवा निवासको भग्नावशेषमा पुगेर सात दिन भित्र उपस्थित हुनु भनी म्यादको सूचना टाँसेको हो । त्यसको भोलिपल्ट मंगलबार विभागले गोरखापत्र दैनिकमा त्यही आशयको सूचना जारी गरेको […]

आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको एक कार्यकारी निर्देशकले जानकारी दिए। सो बैठक सकिए लगत्तै सञ्चालक समितिको बैठक बस्नेछ। सञ्चालक समितिबाट स्वीकृत भएपछि आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ। गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा […]

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाइ

Artharajniti  ~  निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको बिदाइ गरेको छ । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भण्डारीले आयोगको गरिमा अभिवृद्धि गर्न खेलेको भूमिकाप्रति आभार एवं कृतज्ञता व्यक्त गरे। प्रवक्ता भट्टराईले उनलाई एक मृदुभाषी, कानुनविद् र कठिन परिस्थितिमा मार्गनिर्देशन गर्ने अभिभावकका रूपमा चित्रण गरे । राष्ट्रलाई संकट परेका विभिन्न परीक्षाहरूमा […]

प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता

Artharajniti  ~  प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो । जेनजी आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री भएलगत्तै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने धारणा एक्समार्फत् सार्वजनिक गरेका थिए […]

३ वटा विधेयक अघि बढाउँदै प्रतिनिधिसभा

Artharajniti  ~  प्रतिनिधिसभाले आज तीनवटा विधेयक अघि बढाउँदैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयक ऐमा रुपान्तरित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको […]

प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तमा वाग्ले र सुब्बा

Artharajniti  ~  संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ। परिषद्ले आयोगका दुई रिक्त आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजिव सुब्बाको नाम पनि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको परिषद् बैठकले उक्त निर्णय गरेको हो। सिफारिस गरिएका नामहरू अब संवैधानिक प्रक्रियाअनुसार संसदीय सुनुवाइलगायतका […]

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

Artharajniti  ~  संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार अपराह्न ५ बजेका लागि बैठक डाकेका छन् । परिषद्को सचिवालय सम्बद्ध स्रोतका अनुसार, अहिलेसम्म तय भएको एजेन्डामा निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने विषय छ । त्यस्तै, अरू एजेन्डा तय हुन बाँकी रहेको स्रोतले बताएको छ । बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि प्रधानन्यायाधीश नियुक्तिका […]

शनिबार सार्वजनिक हुँदै सरकारका सय दिनका उपलब्धि

Artharajniti  ~  प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा शनिबार कार्यप्रगति र उपलब्धि सार्वजनिक गर्ने तयारी गरेको छ। सचिवालयका अनुसार प्रशासनिक सुधार, भ्रष्टाचारविरुद्धका कदम, राजनीतिक नियुक्ति खारेज, सार्वजनिक सम्पत्ति संरक्षण, सेवाप्रवाह सुधार तथा कानुन संशोधनको गृहकार्यलगायत विषय समेटेर उपलब्धिको विवरण सार्वजनिक गरिनेछ। सरकारका केही निर्णयको प्रशंसा भए पनि महँगी […]