अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श

Artharajniti  ~  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे परामर्श गरेका छन् । आज बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् । त्यस अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम […]

राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज जेठ ११ गते भुक्तानी […]

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

Artharajniti  ~  साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु. एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु. एक लाख ८८ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी रु. एक हजार ९१० मा खरिदबिक्री हुनेछ । […]

” एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ ” : डा. शेखर कोइराला

Artharajniti  ~  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँगको सत्ता संयोजन (गठबन्धन) तत्काल तोड्नुपर्ने बताएका छन्। नवलपुरको डन्डामा नेपाल थारु सङ्घ नवलपुरको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।उनले वर्तमान संयोजनले मुलुकलाई ‘एमालेकरण’ तर्फ धकेल्दै लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई गम्भीर क्षति पुर्‍याइरहेको आरोप लगाए। डा.कोइरालाले संविधान संशोधनजस्तो गम्भीर विषयमा […]

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता

Artharajniti  ~   माछापुच्छ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ। बैंकले कुवेतमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ अल मुजैनीसँग सहकार्य गरी विधिवत रुपमा रेमिटेन्स सेवा सुरु गरेको जनाएको छ। बिहीबार कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका […]

“विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्छ “: अध्यक्ष ढकाल

Artharajniti   ~  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नु भएको हो । नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक […]

राष्ट्र बैंकका गभर्नर नियुक्ति विवाद

Artharajniti  ~  गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहित परेको पुरक निवेदनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । गएको चैत १८ गते अर्थ मन्त्रालयले अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी […]

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

Artharajniti  ~   सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्दै कीर्तिमानी उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ । यो मूल्य स्थानीय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो । यसअघि, गत […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्बभन्दा बढी भ्रष्टाचार

Artharajniti   ~  संसदीय छानविन उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका व्यापक भ्रष्टाचार भएको निष्कर्षसहित आफ्नो प्रतिवेदन तयार पारेको छ ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमनका लागि सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिले निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो । उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको छ […]

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिए पदबाट राजीनामा

Artharajniti  ~  नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। आज (शुक्रबार) नै राजीनामा बुझाएको भट्टले जानकारी गराएका छन्। अहिले गभर्नर पद रिक्त रहेको छ। गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले राजीनामा बुझाएको बुझिएको छ। त्यसोत यसअघि राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पनि राजीनामा बुझाएका थिए। सरकारले तीन साताअघि नै […]