सेयर बजार २७०० विन्दुमा , ४ अर्ब ४४ करोडको किनबेच

Artharajniti ~   सेयर बजार २७०० अंकमा रोकिएको छ। कारोबार खुलेदेखि उतारचढाव देखिएकामा सोमबार नेप्से परिसूचक अन्तिममा १.४६ अंक घटेर २७००.६५ विन्दुमा रोकिएको हो। फाइनान्स, लघुवित्त, व्यापार बाहेकका उपसमूहले बजार घटाएका हुन्। म्युचुअल फण्डको सूचक सबैभन्दा धेरै ०.६८ प्रतिशतले घटेको छ। बजारमा १४३ कम्पनीको सेयर मूल्य घट्दा १४ कम्पनीको स्थिर रह्यो। नेपाल बैंकको ऋणपत्रको सबैभन्दा धेरै […]

एकैदिन तोलामा साढे १० हजार रुपैयाँ घट्यो सुन

Artharajniti  ~  शुक्रबार एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख […]

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो पाँच सयका नयाँ नोट

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज बुधबारदेखि ५०० रुपैयाँका नयाँ नोट चलचल्तीमा ल्याएको छ। केन्द्रीय बैंकले ती नयाँ नोटको संकेत तथा नम्बरहरु सार्वजनिक गरेको छ। राष्ट्रबैंकका अनुसार आजदेखि चलचल्तीमा आउने ५०० रुपैयाँका नोटको अगाडिपट्टि पाँच विशेषता रहनेछन्। नोटको मध्य खण्डमा प्रतिज्ञामूलक वाक्यांश राखिएको छ, ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी […]

माछापुच्छ्रे बैंकद्वारा केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

Artharajniti  ~  माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत बाल स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई अल्ट्रासोनोग्राफी मेसिन हस्तान्तरण गरेको छ। बुढानीलकण्ठ नगरपालिका–७ मा अवस्थित उक्त स्वास्थ्य संस्थालाई प्रदान गरिएको अल्ट्रासोनोग्राफी मेसिनले बाल रोगसम्बन्धी परीक्षण तथा उपचार सेवामा थप सहजता ल्याउने अपेक्षा गरिएको छ। उपकरण हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे बैंकका […]

ऋण तिर्न कर्जा दिँदा लुक्यो खराब कर्जा

Artharajniti ~  बैंक तथा वित्तीय संस्थामा पुरानो कर्जा तिर्न नयाँ ऋण दिने अभ्यासले वास्तविक खराब कर्जाको आकार बाहिर नआएको स्पष्ट भएको छ । नेपाल राष्ट्र बैंकको सुपरीवेक्षणका क्रममा बैंकहरूले खराब कर्जा लुकाउन तथा पुरानो ऋण तिर्नका लागि नयाँ ऋण दिएको पाइएको हो ।केन्द्रीय बैंकका अनुसार हाल वाणिज्य बैंकहरूको खराब कर्जाको आकार वास्तविक नभएको सुपरीवेक्षणका क्रममा […]

फ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडानको अनुमति

Artharajniti  ~  नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा नियमित व्यावसायिक उडान सञ्चालन गर्न फ्लाई दुबईलाई अनुमति दिएको छ। प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमका अनुसार दुबई एभिएसन कर्पोरेसन फ्लाई दुबईले आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि एक महिनासम्म दैनिक उडान सञ्चालन गर्ने प्रस्ताव पेस गरेपछि अनुमति दिइएको हो। अनुमति अनुसार ‘बोइङ ७३७’ विमान […]

एकैदिन तोलामा १० हजार घट्यो सुन

Artharajniti  ~   बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि २ लाख ९१ हजार ८ सय रुपैयाँ सुनको मूल्य तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत बुधबार ३ लाख ११ हजार ३ सय […]

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ उठाउँदै

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ६० अर्ब रुपैयाँ उठाउन लागेको छ। केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत २३ दिनका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज असार १९ गते भुक्तानी गर्नेछ। राष्ट्र […]

विद्युतीय माध्यमबाट १० लाखसम्म कर्जा लिन सकिने

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट पाइने कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले विद्युतीय माध्यबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ संशोधन गर्दै ५ लाखको सीमालाई १० लाख पुर्‍याएको हो । केन्द्रीय बैंकले लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गर्ने कर्जा सहजीकरण गर्ने व्यवस्था थप गरेको छ । […]

सुनको भाउ तोलामा २००० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि वृद्धि

Artharajniti  ~   लगातार तीन कारोबार दिन ओरालो लागेको सुनको मूल्य मंगलबार उकालो लागेको छ। सुनको मूल्य मंगलबार तोलामा २ हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कारोबार मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। सुनको भाउ जेठ २२ यता तीन कारोबार दिनमा तोलामा ११ हजार २०० रुपैयाँ घटेको थियो। चाँदीको […]