ब्याज मिनाह गर्नु भनेको बैंकिंग क्षेत्रको मेरुदण्ड भाच्नु हो

अर्थ राजनीति – नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बजारमा चर्चा चले जस्तो ऋणमा ब्याज मिनाह गर्न नहुने धारणा राख्नु भएको छ ׀ कोरोना महामारीका कारण अर्थतन्त्र कम्तिमा छ महिना संकट आउने र टुरिजम लगायतका क्षेत्रमा त्यो भन्दा लामो समय यसको असर पर्ने आंकलन गर्नु भएको छ ׀ साथै नेपाल बैंकले अहिले सेवाग्राहीलाइ […]

आर्थिक वृद्धिदर २.२७ प्रतिशत: केन्द्रीय तथ्याङ्क विभाग

अर्थ राजनीति – चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब चार करोड रुपियाँ पुग्ने अनुमान गरेको हो । चालू आवको बजेटमा सरकारले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखे पनि कोरोनाका […]

के अब कोरोनाका कारण बैंकका कर्मचारी कटौती हुन्छ ?

अर्थ राजनीति – नेपाल रास्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले कोरोना महामारीका कारण अर्थतन्त्रमा सुस्तता आएसंगै अहिले बजारमा चर्चामा रहेको बिषय बैंकका कर्मचारी कटौती, शाखा मर्जर लगायतका बिषयमा रास्ट्र बैंकको धारणा राखेका छन् ׀ त्यस्तै रास्ट्र बैंकले गरेको पहिलो चरणको सहुलियत् प्याकेज अपूर्ण भयो नि, के अब दोश्रो चरणमा कस्ता प्रकृतिका सहुलियत हरु आउछन भन्ने […]

स्वास्थ्य सामग्री लिएर जहाज काठमाडौं आइपुग्यो

अर्थ राजनीति – चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए । दुवै जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । चीनबाट स्वास्थ्य सामग्री […]

राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित ऋणीलाई दोस्रो चरणको राहत दिन अध्ययन शुरु: गभर्नर अधिकारी

अर्थ राजनति – नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले बीबीसी नेपालीसेवासँग कुरा गर्दै थप सहुलियतको प्याकेज ल्याउने संकेत गरेका छन् । संक्रमणबाट बँच्नु नै मुख्य प्राथामिकता रहेको यो अवधिमा विभिन्न व्यवसाय गरिरहेका मानिसहरुको बाध्यतालाई मध्यनजर गर्दै बैंकको ब्याज, किस्ता लगाएतका कुराहरुमा सहुलियत प्रदान गर्ने बताएका छन् । राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित उद्योगी […]

राष्ट्र बैंक द्वारा वाणिज्य बैंकहरुलाई सरकारी खाताहरु अद्यावधिक गर्न ताकेता

अर्थ राजनीति – नेपाल राष्ट्र बैंकले संघिय सरकार, प्रदेश सरकार र स्थानिय तहका विभिन्न समूहका सरकारी खाताहरु अद्यावधिक गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सरकारी कारोबार निर्देशिका, २०७६ बमोजिम उक्त सरकारी खाताहरुलाइ अद्यावधिक गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले यसअघि २०७६ पुष २७ गते नै सरकारी खाता अद्यावधिक गर्न परिपत्र गरेपनि […]

नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशत ननाघ्‍ने विश्व बैंकको आकलन

काठमाडाैं । विश्व बैंकले कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गर्दै त्यसले आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने आँकलन गरेको छ । आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो । बैंकले अर्धवार्षिक रुपमा सार्वजनिक गर्ने साउद एसिया इकोनमिक फोकस नामक प्रतिवेदनमा […]

कृषि ऋणको ४ महिनाको व्याज तिरिदिने प्रदेश २ सरकारकाे निर्णय

जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारी रोक्न गरिएको लकडाउनबाट कारण प्रभावित किसानले लिएको ऋणको चार महिनाको व्याज तिरिदिने निर्णय समेत गरेको छ । शुक्रबार विहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले किसानले बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋृणको ४ महिनाको व्याज तिरिदिने निर्णय गरेको हो । कृषि कर्मको लागि किसानहरुले ५ लाखसम्म लिएको ऋणमा अधिकतम […]

कांग्रेस बरिष्ठ नेता पौडेलद्वारा कोरोनापछिको अर्थतन्त्रबारे विज्ञहरुसँग छलफल

काठमाडौँ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेका छन् । पौडेलले बिहीबार भिडियो कन्फरेन्समार्फत विज्ञहरुसँग कोरोना संक्रमणपछिको अर्थतन्त्रबारे छलफल गरेका हुन् । छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु गोविन्द पोखरेल, स्वर्णिम वाग्ले तथा विज्ञहरु कमल रिजाल, सुरज पोखरेल, सिद्धिगणेश श्रेष्ठ, माधवप्रसाद पौडेल, प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाॅई सहभागी थिए। छलफलमा […]

कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा भयो १ अर्ब ८५ करोड रुपैयाँ

सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ रुपैयाँ कोषमा जम्मा भएको छ। उनका अनुसार मङ्गलबारमात्र एक करोड ८० लाख ५३ हजार ४२७ कोषमा […]