नेपाल बैंक द्वारा ग्राहकहरुलाई नयाँ वर्षको अवसरमा अफर

अर्थ राजनीति  ~  नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच एक सम्झौता भएको छ । दराजबाट सामान किन्दा बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो  । यो योजना चैत २८ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र […]

विलासिताका वस्तु आयातमा थप कडाइ

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक विलासिताका वस्तु आयातमा थप कडाइ गर्ने भएको छ । विदेशी मुद्रा सञ्चितीमा दबाब परेको भन्दै फागुन महिनादेखि सुन, चाँदीलगायत धेरै विलासिताका वस्तु आयातमा कडाइ गरेको केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा जाने कर्जा रोक्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई अनौपचारिक निर्देशन दिएको हो । सोमबार २७ वटै वाणिज्य बैंकका […]

नेपाल बैंकले देशैभरी भब्य रुपमा मनायो “ग्लोबल मनि विक”

अर्थ राजनीति  ~   नेपाल बैंक लिमिटेडले देशै भरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी ग्लोबल मनि विक भब्य रुपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेक वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ । ग्लोबल मनि विक २०२२ […]

सुनको मूल्य तोलामा १३ सय रुपैयाँले गिरावट

अर्थ राजनीति  ~  सुनको भाउमा एकै दिन १ हजार ३ सय रुपैयाँ घट्दा कारोबार मूल्य एक लाख तल आइपुगेको छ। मंगलबारका लागि सुनको मूल्य  प्रतितोला ९९ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सय रुपैयाँ घट्दा प्रतितोला एक लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन प्रतितोला […]

पुनर्कर्जा घटाइँदै, स्थानीय तहको निक्षेप खोसिँदै, सीडी ९०% मा झार्ने दबाब

अर्थ राजनीति  ~  कर्जा निक्षेप अनुपात (सीडी रेसियो) मा गणना हुने पुनर्कर्जामा कडाइ गर्दै लगेको बेला स्थानीय तहको पैसा निक्षेपमा गन्न मिल्ने ब्यवस्थाको समय सीमा सकिन लागेपछि बैंकर आत्तिन थालेका छन्। तरलता अभाव चुलिएर ऋण लगानी नै प्रभावित भएपछि बजारमा तरलता वृद्धि गर्न सरकारले गत पुस २ गते स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत निक्षेपका […]

ग्लोबल बैंकको मोबाइल बैंकिङबाट भारतपे, पेटिएम र गुगल पेमा कारोबार गर्न सकिने

अर्थ राजनीति   ~  ग्लोबल आइएमई बैंकले नेपाल-भारत भित्रका ग्राहकहरूलाई क्युआर सुविधा सुरू गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) सँग सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार बैंकको मोबाइल बैंकिङ एप गुगल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्युआर मार्फत भारतपे, पेटिएम, गुगल पे लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न […]

भारतमा क्रिप्टो कर लगाउने विद्येयक संसदबाट पारित

अर्थ राजनीति  ~  भारतमा नयाँ वित्तीय विद्येयक संसदबाट पास भएसँगै डिजिटल सम्पत्तिमा कर लगाउन बाटो खुलेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बजेट २०२२ मा भर्चुअल डिजिटल सम्पत्ति (भीडीए) अर्थात् क्रिप्टोकरेन्सी र एनएफटीलाई करको दायरामा ल्याउने घोषणा गरेकी थिइन्। सरकारले अब यो करलाई थप कडा बनाउन प्रस्ताव गरेको छ। यस अन्तर्गत, क्रिप्टो लगानीकर्ताहरूले एउटा सम्पत्तिमा भएको […]

बैंकको ब्याजदर अझै बढ्न सक्ने

अर्थ राजनीति  ~  पछिल्लो केही महिना यता निक्षेपको ब्याजदर लगातार बढिरहेको छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दर (बेस रेट)मा भर पर्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकहरुको बेस रेट बढेको थियो । गत असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुको औसत बेस रेट ६ दशमलव […]

नेपाल राष्ट्र बैंक विराटनगरको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनी विकको अवसरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । बैंकले १० चैतमा उदयपुरको बेलका नगरपालिका ४ स्थित जनता नमुना मावि गुरुङचौरीमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंकका सहायक निर्देशक निर्जल घिमिरेले ग्रामिण क्षेत्रमा रहेका मानिसको बैंक तथा वित्तीय संस्थासम्म पहुँच […]

ग्लोबल आईएमई बैंकको मुद्दती निक्षेप धितोमा अब अनलाइनबाटै कर्जा

अर्थ राजनीति  ~  ग्लोबल आईएमई बैंकका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने भएका छन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा शुरू गरेको छ । यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस वा […]