फेरि रेकर्ड नजिक सुनको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा शुक्रबार सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ। गत आइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो। सो दिन सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेर प्रतितोला मूल्य एक लाख १० हजार रुपैयाँ पुग्यो।  यस्तै, बिहीबार प्रतितोला एक हजार दुई […]

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

अर्थ राजनीति  ~  ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका छन् । एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको प्रगतिबारे अवलोकन गरि एनएमबि बैंकले कार्यान्वयन गर्दै आई रहेको दिगो बैंकीङ्ग अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको थियो […]

बिना धितो २५ लाखसम्म ऋण पाउने बाटो खुल्यो

अर्थ राजनीति  ~  स्टार्ट अप उद्यमले २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने बाटो खुलेको छ । सरकारले स्टार्ट अप कार्यविधि स्वीकृत गरेपछि उद्यमशीलता प्रवर्द्धन र प्रतिभा पलायन रोक्न सहयोगी हुने ठानिएको कार्यक्रम पहिलोपटक कार्यान्वयनमा आउन लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १४ प्रकारका उद्यमलाई विनाधितो सहुलियत ब्याजमा ऋण सुविधा उपलब्ध गराउने गरी स्टार्ट […]

बैंकमा एकैदिन घट्यो ११ अर्ब निक्षेप

अर्थ राजनीति  ~ बैंकिङ प्रणालीमा एकै दिन ११ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन ३० गते मंगलवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १ गते बुधवार घटेर ५४ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ । चैत १ गतेयताको निक्षेप घटबढको विवरण राष्ट्र बैंकले आइतवार […]

सुनको मुल्यमा नयाँ रेकर्ड कायम

अर्थ राजनीति  ~  नेपालमा सुन प्रतितोला अहिले सम्मकै उच्च मुल्यमा पुगेको छ । आईतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा आइतबार सुनको मूल्यले एतिहासिक नयाँ रेकर्ड हो । लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा चार सय रुपैयाँ […]

चैतमा बैंकको खराब ऋण थप बढ्दै

अर्थ राजनीति  ~  पोहोरभन्दा दोब्बरले बढेको वाणिज्य बैंकहरुको खराब ऋण चैतमा थप बढ्ने देखिएको छ। बैंकरका अनुसार, चल्तिका व्यापार व्यवसायबाट पनि पैसा उठ्न छाडेको छ। साना तथा मझौला, घर तथा गाडी, उद्योगसँगै अब व्यापारिक प्रयोजनका ऋण पनि बिग्रिन थालेका छन्।  ‘असोजभन्दा पुस, पुसभन्दा चैत झन् झन् चुनौतीपूर्ण देखिएको छ,’ एक बैंकरले  भने, ‘अहिलेसम्म कहिले ऋणमा […]

बैंकमा बढ्दो अराजकता, कतै आक्रमण कतै बिरोध

अर्थ राजनीति ~  बिहीबार दिउँसो म्याग्दीस्थित एनआईसी एसिया बैङ्कको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि ज्यान लिने उद्देश्यसाथ साङ्घातिक आक्रमण भएको छ । घटना २ – फागुन १७ गते जाजरकोटको भेरी नगरपालिकामा किस्ता उठाइरहेका एनआईसी एसिया लघुवित्तका एक जना कर्मचारीलाई दुई जना अज्ञात व्यक्तिले कालोमोसो दलेर कर्मचारीबाट नगदसहितको झोला लुटपाट […]

ऋण मिनाहा नभए बैंकहरु कब्जा गर्ने दुर्गा प्रसाईंको चेतावनी

अर्थ राजनीति  ~  काठमाडौँको माइतीघर मण्डलामा लघुवित्त पीडितहरुले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले लघुवित्तले लगाएको ऋण सामूहिक रुपमा मिनाहा गरिनुपर्ने माग राखेका छन्। विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृत र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाहरु कब्जा गर्ने चेतावनी दिए। प्रसाईंले सरकारले बैंकहरु कब्जा नगरे आफूहरुले कब्जा गर्ने चेतावनी […]

बिकास बैंकहरुले घटाए ब्याजदर, भोली देखी लागु हुने

अर्थ राजनीति  ~  बदलिदो परिस्थीतिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमवार बसेको बैठकले चैत १ अर्थात देखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।  जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको […]

सेयर लगानीकर्ताले गुमाए एकै वर्षमा ९ खर्ब

अर्थ राजनीति  ~  सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब रुपैयाँ गुमाएका छन् । गत वर्षको माघदेखि चालु आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् । पछिल्ला महिनाहरूमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब […]