एनएमबि बैंकको १० औं हेरिटेज वाक कार्यक्रम सम्पन्न

अर्थ राजनीति  ~  एनएमबि बैंकले आफ्नो १० औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ। शनिबार भएको उक्त वाक कार्यक्रम बबरमहलबाट सुरू भएर पाटन दरबार स्क्वेयरसम्म भएको थियो। समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ। एनएमबि बैंक […]

बैंकहरुले बैशाखदेखि लागू हुने ब्याजदर सार्वजनिक गरे

अर्थ राजनीति  ~  वाणिज्य बैंकहरुले घटेको ब्याजदर बिहीबार सार्वजनिक गरेका छन्। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा ओर्लिएको छ। वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदरमा कटौती गरेका हुन्। नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले निक्षेपको ब्याज दर कटौती गर्ने निर्णय गरेको थियो। बैठकले फागुनमा ११ प्रतिशत रहेको साधारण मुद्दतीको ब्याज दर […]

प्रि ओपनिङमा उत्साह देखिएको बजार ११ मिनेटमा २० अंकले घट्यो

अर्थ राजनीति  ~  सुरुवातमा उत्साहजनक देखिएको सेयर बजारमा एकाएक गिरावट देखिएको छ। प्रि ओपनिङ सेसनदेखिनै परिसूचक तथा कारोबारमा रौनक देखिएको बजार कारोबारको करिब ११ मिनेटको अवधिमा २० अंकले घट्यो। आज नेप्से प्रि ओपनिङ सेसनमा नै ९.५३ अंकले बढेको थियो भने कारोबार पनि १४ करोड माथि भएको थियो। बिहान ११ बजेर ३ मिनेट जाँदासम्म नेप्से परिसूचक […]

५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जामा अग्रिम भुक्तानी आएमा शुल्क लिन नपाउने भएको छ। यस्ता कर्जा अग्रिम भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंक अन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आग्रह गरेको छ। सुरूमा बैंककै गुनासो […]

राष्ट्र बैंकले लिएको नीतिमाथि शंका र प्रश्न

अर्थ राजनीति  ~  उच्च ब्याज दर, खस्किँदो लगानीकर्ताको मनोविज्ञान, सिथिल अर्थतन्त्रजस्ता समस्या गहिरिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पत्रकार सम्मेलन डाकेका छन्। राष्ट्र बैंकको चालु पुँजी कर्जादेखि ब्याज बढाउने नीतिसम्मले अर्थतन्त्र समस्यामा गएको र बैंकको खराब ऋण बढ्न थालेको आरोप गभर्नर अधिकारीमाथि छ। उनीमाथि आफूलाई नियुक्त गर्ने एमाले सरकारमा आउँदा उदार हुने र […]

आज तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै […]

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको राष्ट्र बैंकको आशंका

अर्थ राजनीति  ~   कानुनतः ‘क्रिप्टोकरेन्सी’ नेपालमा प्रतिबन्धित छ । यद्यपि आर्थिक मन्दीका बिच नेपालमा यसको अवैध कारोबार हुनका साथै ठूलै परिमाणमा बाहिरिने गरेको आशंका केन्द्रीय बैंकले गरेको छ । बिटक्वाइन, ईथर, टीथर, बीएनबीजस्ता सयौँ अभौतिक मुद्रालाई प्रयोग गरी सट्टेबाजीमा गिरोहहरूले नेपालबाट लगानी बाहिर लगिरहेको हुन सक्ने आशंका केन्द्रीय बैंकले गरेको हो । नेपालमा विदेशी विनिमय […]

बैंकिङ क्षेत्रमा मडारिएको संकट

अर्थ राजनीति  ~  पछिल्लो समयमा देशका विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध दबाब र त्रास फैलाउने अराजक गतिविधि बढ्दै गएको समाचार दिनहुँजसो बाहिरिरहेका छन् । यस्ता घटनक्रमले बैंक तथा वित्तीय संस्थाका क्रियाकलापलाई प्रभावित पारी देशको अर्थतन्त्रलाई थप संकुचनमा पुर्याउने हो कि भन्ने चिन्ता बढाएको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय […]

ऋण उठाउन नसकेपछि एनआईसी एशिया बैंकले गुहार्‍यो कम्पनी रजिष्ट्रार

अर्थ राजनीति  ~   विगतमा आँखा चिम्लेर जथाभाबी लगानी गर्ने, बैंक सञ्चालक र कर्मचारीहरूको मिलेमतोमा जोखिमपूर्ण लगानी गर्दै आएको एनआईसी एशिया बैंकले अर्को अनौठो हर्कत गरेको छ । यस बैंकले ऋणीबाट ऋण असुल्न कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्रचार गरेको तथ्य फेला परेको छ ।  ऋण असुली न्यायाधिकरणमा पनि ऋण असुल्न मुद्दा हाल्नेको पहिलो नम्बरमा रहेको एनआईसी एशिया बैंकले […]

शेयरबजारप्रति अर्थमन्त्री डा. महतको चासो

अर्थ राजनीति  ~  पछिल्लो समय शेयरबजार निरन्तर घटिरहेको छ । छोटो समयमै २२७७ सम्म पुगेको धितोपत्र बजारको सूचक नेप्से फेरि १८ सयको लाइनमा आएको छ । सोमवार बजार बन्द हुँदा नेप्से १ हजार ८७१ दशमलव ८८ विन्दुमा छ । यही बेला नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयरबजारप्रति चासो देखाएका छन् । सोमवार उनले लगानीकर्ता बोलाएर […]