एमाले महाधिवेशन : सबै पदको परिणाम एकैसाथ आउने

Artharajniti  ~  नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको मतपरिणाम एकैसाथ आउने भएको छ । सबै उम्मेदवारको मतपरिणाम एकैसाथ सार्वजनिक गरिने एमाले निर्वाचन आयोगका अध्यक्ष डा, विजय सुब्बाले जानकारी दिए । विद्युतीय मेसिनबाट चिप निकाल्ने क्रम अन्तिम चरणमा पुगेकोले केही समयपछि मतगणना सुरु हुने उनले बताए । नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ […]

लगानी बढाउन राष्ट्र बैंकको जोड

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले स्थानीय उत्पादन बढाउने गरी कर्जा प्रवाहमा केन्द्रित हुन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बुधबार केन्द्रीय बैंकका उच्च अधिकारी र बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा राष्ट्र बैंकले गरेको ‘फिल्ड भिजिट’को निष्कर्ष सुनाउँदै गभर्नर डा. विश्व पौडेलले यस्तो निर्देशन दिएका हुन् । कर्जा नपाएकै कारण ग्रामीण […]

” नयाँ सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँ ” : प्रधानमन्त्री

Artharajniti   ~  अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउँदै सुशासन र निर्वाचन आफूहरुको मुख्य एजेण्डा […]

“टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ ” : मन्त्री घिसिङ

Artharajniti ~  ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् । आज बिहान राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको निरीक्षण गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् । उनले नेपालतर्फ पानी छोड्ने विषयमा भारतीय […]

एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आज मतदान हुँदै

Artharajniti  ~  नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो । मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा लाइनमा बसिसकेका बेला मंगलबार साँझ ७ बजे मतदान सारिएको थियो । मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ । मतदान […]

ईश्वर पोखरेल समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार

Artharajniti   ~  नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको बताइएको छ ।  उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको […]

” तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ ” : गृहमन्त्री

Artharajniti  ~  गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताएका छन् । कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न दृढ भएर लागेको बताएका हुन् । ‘आगामी फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कार्थतालिका सार्वजनिक भइ […]

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

Artharajniti  ~  मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आइतबार निरीक्षण गरेका छन् । सो अवसरमा उनले यहाँ निर्माण हुँदै गरेको चार लेनको पुल पर्यटकीय हिसाबले आकर्षण रहेको भन्दै पर्यटकलाई यसले लोभ्याउने चर्चा गरे। मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै […]

अध्यक्ष ओली : ” पूर्वसर्त राखेर नेतृत्वमा सहमति हुँदैन “

Artharajniti  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विषयमा सर्त राखेर सहमति नहुने बताएका छन्। बिहिबार काठमाडौंमा सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अभिव्यक्तिको जबाफ दिँदै संवादबाट मात्रै सहमति हुने बताएका हुन्।  ‘कुराबाट पो सहमति हुन्छ त। पूर्वसर्त राखेर सहमति हुन्छ?,’ ओलीले भने। बुधबार सम्पादकहरूसँग छलफल गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा ओलीले […]

आरजु देउवा : ” मेरो घरमा नोट जलेको होइन “

Artharajniti  ~  पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी गरेकी छन् । आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको हल्ला गलत भएको दाबी गरेकी हुन् । उनले […]