समिति द्वारा कोभ्याक्सलाई जोनसन र अस्ट्राजेनेकाको खोप सिफारिस
अर्थ राजनीति ~ कोभ्याक्स अन्तर्गत पाइने सुविधाको खोपमा कोभिसिल्डको विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप माग गर्न खोप सल्लाहकार समितिले सरकारलाई सिफारिस गरेको छ । अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेर भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्दै आएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप कोभ्याक्सलाई समेत तत्काल नदिइने भएपछि त्यसको विकल्प खोजिएको हो । कोभ्याक्सले नेपाललाई […]
