सार्वजनिक सवारीमा जोर बिजोर हट्यो, विद्यालय माघसम्म बन्द

अर्थ राजनीति ~  उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ। शुक्रबार राति १२ बजेबाट लागू हुनेगरि स्थानीय  प्रशासनले जोर बिजोर हटाउने निर्णय गरेका हुन्। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो। निजी सवारी साधनको जोर बिजोर भने यथावत छ। माघ ७ गतेदेखि लागू भएको निर्णय एक सातामै […]

“मुलुकको परिवर्तनमा प्रेस सेन्टरको भूमिका महत्वपूर्ण ” : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली समाजको परिवर्तनमा सञ्चारक्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताएका छन् । माओवादी केन्द्रमा आस्था राख्ने पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिदै पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरका भूमिका […]

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

अर्थ राजनीति  ~  प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनका तीन नेताबीच छलफल भएको हो। समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेता छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको […]

महामन्त्री विश्वप्रकाश : नागरिकको जीवनमा गम्भीर खेलबाड !

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोभिड १९ पुष्टि भएपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु हामी सवैको जिम्मेवारी भएको समेत बताएका छन् । कसैको नाम नलिइ शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संक्रमण […]

प्रधानन्यायाधीश राणाले बोलाए न्याय सेवा आयोगको बैठक

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नेपाल बारको असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ । खुला […]

नेपालमा कोरोना खोप अभियानको एक वर्ष पूरा

अर्थ राजनीति  ~  सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको एक वर्ष पूरा भएको छ । खोप अभियान सुुरु भएसँगै हालसम्म ३ करोड ४ लाख ७५ हजार ५ सय ८९ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म एक मात्रा खोप लगाएकाको संख्या एक करोड ६४ लाख ५८ हजार ४ सय ७५ छ […]

“स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने खेलमा सत्ता गठबन्धन ” : सचिव विष्ट

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने खेलमा लागेकाे आरोप लगाउनु भएकाे छ । शुक्रबार सामाजिक सञ्जालमा मार्फत सचिव विष्टले यसंविधान र कानुनको अपव्याख्या गर्दै सरकारमा सामेल दलहरू स्थानीय तहलाई जनप्रतिनिधिवहीन बनाउने खेलमा लागेकाे बताउनु भएकाे हाे । सामाजिक सञ्जालमा उहाँ लेख्नुहुन्छ, ‘निर्वाचन आयोगले […]

स्थानीय चुनावबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्वाचन आयोगको तयारी

अर्थ राजनीति  ~  आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ । यसअघि आयोगले दुई चोटि प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ भने यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबाब दिइसकेको छ । ‘सम्भवतः समय मिल्यो भने आजै आयोगका […]

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

अर्थ राजनीति  ~  नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ […]

राष्ट्रिय सभा निर्वाचनः लगभग सबै सिटमा सत्ता गठबन्धनको जित

अर्थ राजनीति  ~  राष्ट्रिय सभाका १९ सिटका लागि बुधवार भएको चुनावमा लगभग सबैमा सत्तारूढ गठबन्धनले जित हात पारेको छ। निर्वाचन आयोगले बुधवार साँझ सार्वजनिक गरेको परिणाम अनुसार गठबन्धनका १८ र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभामा निर्वाचित भएका हुन्। रिक्त भएका पदमध्ये ७ महिला, २ अपाङ्ग तथा अल्पसङ्ख्यक, ७ अन्य र तीन दलित ‘क्लस्टर’सँग […]