स्थानीय चुनाव : आयोगलाई १२ अर्ब, सुरक्षालाई २५ अर्ब लाग्ने

अर्थ राजनीति  ~  देशभरिका ७५३ स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगलाई मात्रै घटीमा ११ अर्ब र बढीमा १२ अर्ब रुपैयाँ आवश्यक पर्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । यति रकम खर्च भएमा आउँदो स्थानीय चुनाव नेपालको निर्वाचन इतिहासकै महँगो चुनाव हुनेछ । अनुमान गरिएको यो खर्च निर्वाचन आयोगले गर्ने कामका लागि मात्र हो । सुरक्षा […]

पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन्। आइतबार उक्त क्षेत्रको निरीक्षण तथा अनुगमन गर्दै मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिए । उनले भने, ‘गुहेश्वरीमा थुप्रै ठाउँमा टहराहरू बनाएर कब्जा […]

ओलीको प्रस्ताव : ” सभामुख हटाए एमसीसी पास गर्न सघाउँछु “

अर्थ राजनीति  ~  प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसामू सभामुख अग्नि सापकोटालाई हटाए प्रतिनिधिसभाको अवरोध खोल्ने र अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न सघाउने प्रस्ताव गरेको खुलेको छ । प्रधानमन्त्री देउवाले संसद अवरोध खोल्न र एमसीसी अनुमोदनका लागि  ओलीसंग सहयोग मागेका थिए । प्रधानमन्त्री देउवाले हालै मात्र गठबन्धनका […]

बागमती किनारमा बनाइएका घर टहराहरु हटाइने

अर्थ राजनीति  ~  गुह्येश्वरीदेखि थापाथली पुलसम्मको वाग्मती नदी किनारका दायाँबायाँ बनेका अस्थायी र स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिको आयोजना उपप्रमुख अमित रञ्जितले सूचना जारी गरी नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन आग्रह गरेका छन् […]

भारतबाट काठमाडौंमा ल्याई मदिराको अवैध कारोबार गर्ने पक्राउ

अर्थ राजनीति  ~  भारतबाट अवैद्य रुपमा मदिरा भित्र्याएर काठमाडौं उपत्यकामा कारोबार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पर्साको गादी घर भई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा बस्ने चन्द्र बख्रेलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । ३९ वर्षीय बख्रेलसहित काठमाडौंको कागेश्वरीमनहरा नगरपालिका–६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुर घर भई काठमाडौंको हाँडीगाउँ बस्ने २८ […]

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

अर्थ राजनीति ~  सभामुख अग्निप्रसाद सापकोटाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । संघीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले) को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे संघीय […]

” शहीदको बलिदानले नै जनताको शासन स्थापित हुनसक्यो ” : प्रधानमन्त्री देउबा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौं, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित […]

” स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ ” : डा कोइराला

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताए  विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए । उनले सरकारले निर्वाचनका विषयमा सिंधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानुन […]

अध्यागमन विभागकै कर्मचारीको मिलेमतोमा भिजिट भिसा

अर्थ राजनीति  ~ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ ।  अध्यागमन सेवा प्रदान गर्ने क्रममा डेस्क ड्युटी आवरको बेला मोबाइल चलाउन मात्र नभई साथमा नराख्न निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । काममा खटिनु अगाडि निजी फोन लकरमा राख्न […]

नेता पौडेल : ” गठबन्धनको औचित्यमा प्रश्न उठ्न सक्छ “

अर्थ राजनीति  ~  पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन् । सत्ता गठबन्धनको आज बिहान बसेको बैठकमा नेता पौडेलले उक्त चेतावनी दिएका हुन् । संसद नचलेको, सर्वोच्च अदालतमा गतिरोध कायमै रहेको बेला व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयास भैरहेको भन्दै […]