‘अपहरणको धम्की’ दिएको भन्दै मन्त्री आलेको राजीनामाको माग

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की दिए पछि चौतर्फी आलोचना भएको छ । सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो । मन्त्री […]

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, एमसीसी बारे छलफल हुने

अर्थ राजनीति  ~  अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सकारात्मक छलफल भएको स्रोतले बतायो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाले स्थानीय चुनावमा भोट हाल्न पाउने

अर्थ राजनीति  ~  स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरिसकेको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाहरुले मतदानमा भाग लिन पाउँछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानले १८ वर्ष उमेर पूरा […]

एमाले संसदीय दलको बैठक बस्दै : महत्वपूर्ण निर्णय गर्ने

अर्थ राजनीति  ~  सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ । एमालेले महाअभियोग असफल पार्ने बताइसकेको छ । […]

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक बस्दै

अर्थ राजनीति  ~  सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, संसद् र पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल हुनेछ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । यद्यपी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी हुने/नहुने […]

” निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न जुटिसकेका छौं ” : आयोग

अर्थ राजनीति  ~  आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले निर्वाचन कार्यतालिका समेत स्वीकृत गरिसकेको छ । आयोगद्वारा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सचिव गोकर्णमणि दवाडीले निर्वाचनलाई सफल तुल्याउन सघन तयारीमा जुट्नका साथै कार्यतालिकासमेत स्वीकृत गरिसकेको […]

एमसीसीको पक्षमा देशभर अभियान सञ्चालन गर्ने काग्रेसको निर्णय

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को पक्षमा देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले एमसीसीबारे भ्रम छर्ने कोशिष भएको भन्दै देशभर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। साथै कांग्रेसले संसदमा प्रस्ताव पारित गर्नको लागि पहल गर्ने […]

आजदेखि शैक्षिक संस्था खुला, रात्रिकालीन व्यवसाय पनि १० बजेसम्म खाेल्न पाइने

अर्थ राजनीति  ~  कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत अन्य व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आज (आइतबार)देखि सञ्चालन हुँदैछन् ।  कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा […]

लामो समयको पर्खाईपछि आजवाट जनकपुरमा रेल सञ्चालन हुने

अर्थ राजनीति  ~  लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म […]

” गठबन्धन टुटाउने र सरकार गिराउने प्रपञ्च भइरहेका छन् “: अध्यक्ष प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएका छन् । २७ औं जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरोधि सत्ता गठबन्धन विरुद्ध षड्यन्त्रहरु जारी रहेको बताएका हुन् । ‘प्रतिगमनविरोधि गठबन्धन टुटाउन, यो सरकार गिराउन […]