नवनिर्वाचित राष्ट्रपति पौडेल निवासमा बधाई दिनेहरूको भीड
अर्थ राजनीति ~ मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित पूर्वसभामुख रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना दिनेहरूको भीड लागेको छ । राष्ट्रपति पौडेललाई बधाई दिन उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता एवं शुभेच्छुकहरूको भीड लागेको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सङ्घीय संसद् भवनबाट निवास बोहोराटार पुग्नुभएको थियो । पौडेल निवास पुग्नासाथ बटुकहरूले स्वस्ति वाचन गरेर स्वागत […]
