नेपाल बंगलादेश बैंकबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश

अर्थ राजनीति  ~   एनबीको भविष्यका लागि निकै महत्वको डिल चलिरहेका बेला प्रमुख कार्यकारीबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश भएको छ। एक दशकदेखि व्यवस्थापकीय नेतृत्व गरेका ढुंगानाले एनबी बैंकको वित्तीय अवस्था सुधारमा निकै काम गरेका हुन्। ढुंगानाले बैंकिङ करिअर एकाएक निजी क्षेत्रको वित्तीय संस्थाबाट थालेका होइनन्। नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएपछि उनको बाटो निजी क्षेत्रका वित्तीय संस्थाको व्यवस्थापकीय […]

नेप्सेको सीईओका लागि तीन जनाको नाम सिफारिस

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रो चरणमा तीन जनाको नाम सिफारिस भएको छ । सीईओका लागि परेको कुल ११ आवेदक मध्ये सीईओ नियुक्ति तथा सिफारिस समितिले पहिलो चरणमा पाँच जना छनोट गरेकोमा सो मध्येबाट पनि दोस्रो चरणमा तीन जनालाई छनोट गरेको हो । समितिले रमेशकुमार भण्डारी, […]

राष्ट्र बैंकले दियो वित्तीय संस्थालाइ निर्देशन

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक निर्देशन जारी गरेको  छ । बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमण फैलिन नदिन सावधानि अपनाउन भनेको छ । सूचनामा बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालन हुने तालिम, गोष्ठि, सेमिनार आयोजना गर्दा भौतिकदूरि कायम गर्न भनेको छ । साथै […]

गभर्नर अधिकारी : ” आन्तरिक ऋण उठाउन थाले तरलता अभाव चर्किन्छ”

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमा उठाइने आन्तरिक ऋणका कारण बैंकिङ प्रणालीमा थप तरलता समस्या हुने बताएका छन्। आइतबार संसदको लेखासमितिमा उनले आन्तरिक ऋण उठाउने बेला भएको भन्दै त्यसले समस्या निम्तिने बताएका हुन्। उका अनुसार चालु वर्ष ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठिसकेको छ। सरकारले २ खर्ब ५० अर्ब रुपैयाँ […]

नेप्सेको सीईओ छनोट गर्न ५ जना सर्टलिस्टमा

अर्थ राजनीति  ~  नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेका छन् । सीईओ बन्नका लागि ११ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्टलिस्ट गरी छनोट समितिले अन्तरवार्ताका लागि आइतबार बोलाइएको छ । आवेदन दिएकाहरु मध्येबाट कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. […]

“बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता भने त्यो संख्या हेरेर हुँदैन ” : गभर्नर अधिकारी

अर्थ राजनीति  ~  काठमाडौंमा आयोजित विशेष समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता नम्बरमा हेरेर दर ठयाक्कै एकिन गर्न नसकिने बताए । उनले भने, ‘बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता भने त्यो संख्या हेरेर हुँदैन । वित्तीय साक्षरता सम्बन्धी धेरै कार्यक्रम तथा सामग्रीहरु निर्माण भएपनि अन्य क्षेत्रको विषयमा जस्तो सामाजिक सञ्जालमा […]

ऋण तिर्न नसकेपछि वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत

अर्थ राजनीति  ~  समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको छ । सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि समयै ऋण तथा किस्ता नतिर्दा वायु सेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको हो । निगमले २०७५ सालदेखि लगानी कोष र सञ्चय कोषबाट लिएको […]

फोर्सफुल मर्जर: ४१ लघुवित्तमा बैंक वित्तीय संस्थाको ‘क्रसहोल्डिङ’

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घोषणा गरेको लघुवित्तको ‘फोर्सफुल’ मर्जरलाई सोमबार निर्देशनमार्फत अगाडि बढाए पनि केही अन्योल देखिएको छ। राष्ट्र बैंकभित्रै र बाहिर पनि निर्देशन स्पष्ट नआएकाले ‘फोर्सफुल’ मर्जर नहुने निष्कर्ष निकालिएको छ। राष्ट्र बैंकको एक तप्का क्रस होल्डिङ (जति प्रतिशत सेयर भए पनि) भएका सबै संस्थालाई गाभ्ने रणनीतिमा थियो। तर, निर्देशन […]

पुनर्कर्जाले घट्न थल्यो बैंकहरुको सीडी रेसियो, ९१% भन्दा तल आयो

अर्थ राजनीति  ~  नियामकीय व्यवस्था नाघिए पनि पछिल्ला दिनहरुमा तरलताको अवस्थामा झिनो भए पनि सुधार हुन थालेको देखिएको छ। राष्ट्र बैंकले आयात नियन्त्रण गर्न प्रतितपत्रमा मार्जिन राख्ने व्यवस्था गरेपछि त्यसको असर थोरै भए पनि देखिन थालेको छ। आयातभन्दा ठूलो चाहिँ राष्ट्र बैंकले पुनर्कर्जा वितरण गर्न थालेपछि सीडी रेसियो घट्न थालेको हो। राष्ट्र बैंकले ५२ अर्ब […]

५० लाख बरामद प्रकरण : सौर्य एयरलाइन्सका स्टेशन म्यानेजर पक्राउ

अर्थ राजनीति  ~  ५० लाख नगद बरामद प्रकरणमा सौर्य एयरलाइन्सको बिराटनगर शाखाका स्टेशन म्यानेजरलाई पनि प्रहरीले पक्राउ गरेको छ । एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेशन म्यानेजर प्रकाश पौडेललाई पक्राउ गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवनमा उपस्थित गराइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सुरेन्द्र मैनालीले बताएका छन् । शनिवार विराटनगरबाट काठमाडौंमा अवतरण भएको जहाजबाट विमानस्थल प्रहरीले स्रोत […]