फागुनसम्म वाणिज्य बैंकहरुले कमाए कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा

अर्थ राजनीति  ~  चालु आर्थिक वर्षको फागुन महिनामा वाणिज्य बैंकहरुले कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। औसतमा बैंकहरुले एक अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ। तीन वाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैयाँ अधिक रहेको छ भने १० वाणिज्य बैंकले औसतभन्दा धेरै नाफा कमाएका छन्। […]

निलम्बित गभर्नर अधिकारीको रिट दर्ता

अर्थ राजनीति  ~  निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेशी मंगलबार (भोलि)लाई तोकिएको छ । सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै अधिकारी सर्वोच्च गएका हुन् । सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा छन् । […]

” युक्रेनमा लक्ष्य प्राप्त हुन्छ ” : राष्ट्रपति पुटिन

अर्थ राजनीति  ~  युक्रेन र रुसको युद्ध जारी छ । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसले आफ्नो लक्ष्य प्राप्त गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । रुसी सेना युक्रेनी राजधानी किभबाट फिर्ता भएपछि पहिलो पटक सार्वजनिक रुपमा बोल्दै पुटिनले युक्रेनमा तय गरिएको महान उदेश्य प्राप्त गरेरै छाड्ने बताएका हुन् ।हामीसँग लड्नु बाहेक अरु विकल्प थिएन भन्दै […]

अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु गैर जिम्मेवारीपनः डा. कोईराला

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् । मंगलवार काठमाडौंमा आयाजित एक कार्यक्रममा नेता कोईरालाले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट्रबैंकले छानबिन गर्न पाउने बताए । नेता कोईरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्र बैंकले रोक्ने काम गरिरहेको […]

इन्धन गाडीलाई विद्युतीय बनाउन बाटो खुल्यो

अर्थ राजनीति  ~  सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न दिने भएको छ। सवारी तथा यातायात ऐन, २०४९ को केही बुँदा संशोधन गर्दै विद्युतीय गाडीमा परिवर्तन गर्न दिने भएको हो। सवारी तथा यातायात ऐन, २०४९ को दफा ३९ मा सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाउने व्यवस्था थियो। त्यसैमा तत्कालका लागि सामान्य संशोधन गर्दै इन्धन […]

बैंकहरूमा एक दिनमै ५ अर्ब डिपोजिट थपियो, २ अर्ब ऋण दिए

अर्थ राजनीति  ~  पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) अभाव बढ्दै गएको छ । तरलता अभावकै कारण अहिले बैंक तथा वित्तीय संस्थाहहरू नयाँ ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चैत २२ गतेसम्म वाणिज्य बैंकहरूको कर्जा र निक्षेपबीचको अन्तर (सीडी रेसियो) ९० दशमलव ५८ प्रतिशत छ । […]

अर्थतन्त्र श्रीलंकाको झैं नभएको वरिष्ठ उपाध्यक्ष ढकालको दाबी

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको अवस्थामा भने नपुग्ने दाबी गरे । उनले हामीले स्वदेशमा उत्पादित वस्तुहरूको जबसम्म […]

पेट्रोलियमको आयात घटाउन राष्ट्र बैंकको निगमलाई सुझाव

अर्थ राजनीति  ~  पेट्रोलियम आयात उच्च दरले भएर विदेशी मुद्राको सञ्चिति घटेको भन्दै नेपाल राष्ट्र बैंकले आयात कटौती गर्न नेपाल आयल निगमलाई सुझाव दिएको छ। उसले डलर बेचेर भारुको प्रबन्ध गर्नु परेकाले सञ्चितिमा चाप परेको भन्दै आयात कटौतीका लागि प्रस्ताव गरेको हो। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अधिकारीहरुले निगमका उच्च अधिकारीहरुसँग प्रत्यक्ष भेटेर इन्धन […]

नेपाल बैंक द्वारा ग्राहकहरुलाई नयाँ वर्षको अवसरमा अफर

अर्थ राजनीति  ~  नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच एक सम्झौता भएको छ । दराजबाट सामान किन्दा बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो  । यो योजना चैत २८ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र […]

श्रीलंकामा सरकारप्रति आक्रोश बढ्दै, कर्फ्यूको अवज्ञ गर्दै नागरिक

अर्थ राजनीति  ~  श्रीलंकामा सरकारप्रति आक्रोशित जनताले हिंसात्मक प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर हुँदैछन्। अहिले जनतामा आपतकाल र कर्फ्युको डर छैन । आन्दोलनका क्रममा पक्राउ परेका ५४ जनाको उद्धार गर्न ६ सय वकिल अदालत पुगेका थिए । अदालतले ४८ जनालाई रिहा गर्नुपरेको थियो । यसैबीच राष्ट्रपति गोताबाया राजापाक्षे अहिले विपक्षीलाई सरकारसँग हात मिलाएर […]