आजदेखि मनकामना केबुलकार चल्ने

अर्थ राजनीति  ~  कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आज आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उनले भने, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।” भक्तजनको […]

राष्ट्र बैंक २० अर्बको रिपो जारी गर्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता सङ्कट समाधानका लागि बैंकहरुलाई २० अर्ब रुपैयाँ बराबरको ७ दिने रिपो जारी गरेको छ । कर्जा प्रवाहको तुलनामा निक्षेप सङ्कलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउने सङ्केत गरेपछि राष्ट्र बैंकले रिपो जारी गरेर ब्याजदर समेत नियन्त्रण गर्न […]

सानिमा लाइफको शेयर कारोबार सुरु भएकै दिन सकरात्मक सर्किट

अर्थ राजनीति ~  सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै विहीबार कारोबार सुरु भएको छ । ३०९ रुपैयाँमा कारोबार खुलेको सानिमाको शेयर मूल्य कारोबार सुरु भएको आधा घण्टामै १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढेपछि सकरात्मक सर्किट लागेको छ । विहीबार सानिमाको शेयर मूल्य ३३९ रुपैयाँ पुगेको छ । […]

शेयर बजारमा उच्च अंकको गिरावट, १३ अर्ब २५ करोडको कारोबार

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.५ अंकले घटेर दुई हजार ९ सय ७५ दशमलब ८४ विन्दुमा थामिएको छ । त्यस्तै, आज १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको […]

आजदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान सुरु

अर्थ राजनीति  ~  श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १३२ यात्रु काठमाडौँ आएका छन् । कोलम्बो–काठमाडौँ नियमित उडान सुरु भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार […]

रिलायबल लाइफ इन्स्योरेन्स पाँचौँ वर्षमा प्रवेश

अर्थ राजनीति  ~  रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी पाँचौँ वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनी आजदेखि ४ वर्ष पुरागरि ५ औँ वर्षमा प्रवेश गरेको हो ।  कम्पनीले वार्षिकोत्सवको अवसरमा प्रत्यक्ष अप्रत्यक्ष कम्पनीलाई सहयोग गर्ने व्यक्ति तथा संस्था, बीमित, अभिकर्ता, नियामक निकाय बीमा समिति, शेयरधनी, अभिकर्ता, […]

‘राष्ट्र बैंकको सोलोडोलो नीतिबाट संकटमा विकास बैंक र फाइनान्स कम्पनी

अर्थ राजनीति  ~  मौद्रिक नीति र कार्यान्वयनका लागि परिपत्रमा समेत वाणिज्य बैंकलाई एक आपसमा गाभिएको खण्डमा प्रदान गरिने सुविधा तथा छुटको सूची लामै छ। तर उक्त सूचीमा विकास बैंक तथा वित्त कम्पनीलाई सम्बोधन नगरिएकोले अब विकास बैंक र वित्त कम्पनीको मर्जर आवश्यकता छैन भन्ने नेपाल राष्ट्र बैंकको धारणा रहेको स्पष्ट हुन्छ। आर्थिक वर्ष २०७८/७९ को […]

दुई ठुला बिमा कम्पनीको मर्जर तयारी

अर्थ राजनीति  ~  सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनीबीच मर्जरको विषयमा थप छलफल सुरु भएको छ । मर्जर गर्न दुबै पक्ष सहमत भएपनि स्वाप रेसियोको विषयमा सहमति हुन सकेको छैन । श्रोतका अनुसार यी दुई कम्पनीका सञ्चालकहरुबीच मर्जरका लागि २४ साउनमा नै भद्र सहमति भएको थियो । तर, सेयर अनुपात (स्वाप रेसियो) को […]

कुलमान घिसिङ विरुद्धको रिट प्रधानन्यायाधीशको बेन्चमा

अर्थ राजनीति  ~  विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर आज सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले सुनुवाइ गर्नेगरी सो रिटको पेशी तोकेका छन् । कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाऊँ’ भन्दै हितेन्द्रदेव शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्राधिकरणमा कुलमान घिसिङको […]

सार्क राष्ट्रका सरकार प्रमुखको बैठक बोलाउन प्रधानमन्त्री देउवालाई आग्रह

अर्थ राजनीति ~  दक्षिण एसियाली मुलुक अफगानिस्तानमा राजनीति उथलपुथल र मानवी संकट आइररहेका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखको बैठक हुनुपर्ने भन्दै मानव अधिकार तथा शान्ति समाजले बैठक बोलाउन आग्रह गरेको छ । सार्कको अध्यक्षका रुपमा रहेको नेपालले बैठक बोलाउनुपर्ने समाजको माग छ । समाजले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै […]