भूमि आयोगले गर्‍यो स्थानीय तहसँग सम्झौता

अर्थ राजनीति ~ भूमि सम्बन्धी समस्या समाधान आयोगले स्थानीय तहहरूसँग कार्यसम्झौता गरेको छ । ७ सय ५३ स्थानीय तहमध्ये १०० स्थानीय तह र आयोगबीच बिहीबार सम्झौता भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरूलाई कसैलाई काखा र पाखा नगरेर वास्तविक भूमिहीनको पक्षमा काम गर्न आग्रह गरिन् । भूमिहीन, […]

रोजगारीको लागि आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह,काठमाडौं महानगरपालिका

अर्थ राजनीति ~ काठमाडौं महानगरपालिकाले कोभिड–१९ का कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिइने भन्दै आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको छ । असहाय, अशक्त तथा शारीरिक रुपमा […]

अमेरिकाले नेपाललाई १००वटा भेन्टिलेटर हस्तान्तरण

अर्थ राजनीति ~ अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १०० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । अमेरिकी राजदूत र्‍याण्डी बेरीले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका छन ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर प्रहरीले दिउँसो पनि मापसे चेकिङ गर्ने

अर्थ राजनीति ~ महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक चेकिङ थप कडा बनाउने भएको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर सुरक्षा व्यवस्था थप कडा गर्न लागिएको हो। त्यसो त महाशाखाले दशैं, तिहार र छठ पर्वमा हुन सक्ने दुर्घटना तथा ठगी नियन्त्रण गर्न विषेश सुरक्षा योजना नै लागू गरेको छ । तिहारमा मादक पदार्थ सेवन गरेर […]

नेपालीहरुको दोस्रो माहान चाड तिहारको पहिलो दिन कागको पुजा गरिदै

अर्थ राजनीति ~ नेपालीहरुको दोस्रो माहान चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ ।

चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिपोर्ट बनाउने प्रक्राउ

अर्थ राजनिती ~ चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिपोर्ट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिपोर्टको नक्कल […]

अर्को एक महिना लाग्ने बंगलादेशबाट मल आइपुग्न

अर्थ राजनीति ~ सरकारले बंगलादेशसँग किन्ने निर्णय गरेको ५० हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्न अझै एक महिना लाग्ने भएको छ । सरकारले निर्णय गरेपनि खरिद प्रक्रिया र अन्य कारणहरुले गर्दा मल नेपाल नै आईपुग्न कम्तिमा चार साता लाग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

कतारका राजकुमार अब्दुल्लाबाट आमदब्लमको सफल आरोहण

अर्थ राजनीति ~ कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला अल थानीले टेक्निकल हिसाबले महत्वपूर्ण मानिने आमदब्लम हिमालको सफल आरोहण गरेका छन् । अमेरिकी गाइड ग्यारेट सी म्याडसनको नेतृत्वमा थानीसहित ६ जना आज बिहान ११:२० बजे आमदब्लमको शिखरमा पुगेको ट्रेकिङ कम्पनी हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक इश्वरी पौडेलले जानकारी दिए। उनका अनुसार युवराजको टिमलाई आरोहण सफल […]

पर्सा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको

अर्थ राजनीति ~ पर्सा प्रहरीले लागूऔषध इन्जेक्सन १८ सय एम्पुलसहित दुई जनालाई पक्राउ गरेको छ । बारा कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने २० वर्षीय रोशन साह कलवार र २९ वर्षीय चन्दनप्रसाद कुशवाहा पक्राउ परेका हुन् । उनीहरुको साथबाट लागूऔषध इन्जेक्सन फेनारगन, डाइजेपाम र नुर्फिन १८ सय एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । […]

घुस लिएको आरोपमा प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर

अर्थ राजनीति ~ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत एकजना प्रहरी हवल्दारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग ४ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हवल्दार शिवचन्द्र साहानीविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ ।