कोरोना संक्रमणबाट १५ जनाको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कास्कीका ४ जना, काठमाडौं र ललितपुरका ३/३ जना, सिन्धुपाल्चोक, नुवाकोट, स्याङ्जा, सुनसरी र सुर्खेतका एककक जनाको मृत्यु भएको छ ।

मोहन पाण्डेलाई कांग्रेसले सांसदमा सिफारिस गर्ने

अर्थ राजनीति ~ नेपाली कांग्रेसले स्याङ्जा स्थायी घर भएका महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका सूर्यबहादुर केसीको निधन भएर रिक्त रहेको स्थानमा पाण्डेको नाम सिफारिस गर्ने निर्णय गरेको हो । पाण्डेको नाम खस आर्यतर्फ क्र.स. १२ मा छ […]

कांग्रेसको सहमहामन्त्री

अर्थ राजनीति ~ सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवेश गरेका थापालाई शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीमा मनोनित गरेको हो ।थापासँगै प्रवेश गरेका अन्य ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । केन्द्रीय […]

पछिल्लो २४ घन्टामा १० जना कोरोना संक्रमितको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानेको छ । काठमाडौंका ३, ललितपुर र कास्कीका २/२, भक्तपुर, काभ्रे र सप्तरीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पतालहरुले जनाएका छन् ।

सिटिजन्स बैंकले तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङमा क्यासब्याक योजना ल्याएको

अर्थ राजनीति ~ सिटिजन्स बैंकले तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङमा क्यासब्याक योजना ल्याएको छ । बैंकले यो तिहार सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याक बहार योजना सार्वजनिक गर्दै मोबाइल बैंकिङमार्फत पैसा पठाउँदा सय रुपैयाँ क्यासब्याक दिनेछ । यो योजना कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तीन पटक दुई हजार भन्दा बढी रकम मोबाइल बैंकिङमार्फत पठाउनेले यो क्यासब्याक […]

पछिल्लो २४ घण्टामा २१११ जनामा कोरोना संक्रमण

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ […]

पर्यटकीय गतिविधि खुल्ने

अर्थ राजनीति ~ कोरोना संक्रमणको कारणले बन्द भएको पर्यटकीय गतिविधि अब खुल्ने भएको छ । सरकारले पर्यटनसँग सम्बन्धित विभिन्न सेवा, व्यवसाय तथा कार्यसमेत सूचारु गरेको छ । यसमा केबलकार, साहसिक पर्यटन, जंगल सफारी तथा संग्रहालयसमेत अब खुला हुने भएका छन् । यसअघि पदयात्रा र पर्वतारोहण भने सरकारले खुला गरेको थियो । कोरोना संक्रमण फैलिएर पुनः […]

विदेशमा रहेका नेपालीका लागि चार्टर्ड तथा उद्धार उडानको काम बन्द

अर्थ राजनीति ~ सरकारले अब विदेशमा रहेका नेपालीका लागि चार्टर्ड तथा उद्धार उडानको काम भने बन्द गरेको छ । नेपाली नागरिक रहेका अधिकांश मुलुकमा नियमति उडान सुरु भएको भन्दै सरकारले अब नियमित उडानबाटै नेपालीलाई घर फर्कन प्रोत्साहित गर्ने भएको छ । मन्त्रिपरिषद्को तथ्यांकअनुसार लकडाउनयता २२ कात्तिकसम्म कुल ९११ वटा अन्तर्राष्ट्रिय उडानबाट १ लाख ३६ हजार […]

भ्याक्सिन खरिद गर्न अध्यायदेश

अर्थ राजनीति ~ विश्व बजारमा भ्याक्सिन तयार हुने वितिकै खरिद गर्नका लागि सरकारले अध्यादेश तयार गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् । विराटनगरस्थित कोशी अस्पताल र कोरोना उपचार केन्द्रको बिहीबार निरीक्षण गर्दै मन्त्री ढकालले भ्याक्सिन आयत गर्न कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश तयार गरेकोले यसको सफल परीक्षण भएपछि नेपालमा ल्याउने बताएका हुन् […]

नेपाल–वेलायत द्विपक्षीय परामर्शको पाँचौ वैठक सम्पन्न

अर्थ राजनीति ~ नेपाल–वेलायत द्विपक्षीय परामर्शको पाँचौ वैठक सम्पन्न भएको छ । वैठकमा दुईपक्षीय सम्बन्धका विभिन्न क्षेत्रमा भएका प्रगति, विकास सहकार्य, व्रिटिश गोर्खालगायतका विषयमा विस्तृतमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । साथै राजनीतिक घट्नाक्रम, आर्थिक विषय र दुवै देशले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएका अनुभवको विषयमा पनि कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ […]