हङ्कङको जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागीको कारण सातजनाको निधन

अर्थ राजनीति ~ हङ्कङको जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीमा परी चार पुरुष र तीन महिलाको मृत्यु भएको छ । […]

पछिल्लो २४ घण्टामा ११९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा ११९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं, ललितपुर र मकवानपुरका २/२ जना तथा झापा, सुनसरी, तेह्रथुम, कास्की सुर्खेत र दार्चुलाका एकएक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

कोरोना संक्रमणबाट डा.सुनिल झा र नारायणबहादुर थापाको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट दुई डाक्टरको मृत्यु भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सुनिल झा र डा. नारायणबहादुर थापाको मृत्यु भएको हो । झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान -आईओएमका प्राध्यापक समेत हुन् । उनको त्रिवि शिक्षण अस्पतालका उपचारका क्रममा सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहारमा सातौं पटक नीतिश कुमारको सरकार, मन्त्री मण्डलमा १२ जना सहभागी हुँदै

अर्थ राजनीति ~ भारतको जनता दल युनाइटेडका अध्यक्ष नीतिश कुमारले आज सातौंपटक बिहारका मुख्यमन्त्रीको शपथ लिँदैछन् । एक हप्ताअघि सम्पन्न विधानसभा निर्वाचनमा जनता दल युनाइटेड र भारतीय जनता पार्टीको गठबन्धनले बहुमत हासिल गरेपछि नीतिश फेरि बिहारका मुख्यमन्त्री बनेका हुन् । गठबन्धनले विधानसभाको २४३ सिटमध्ये १२५ सिट जितेको थियो । नीतिशसँगै गठबन्धन दलहरुबाट करिब १२ जनाले […]

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरस संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । धनकुटा, सुनसरी, रामेछाप, कञ्चनपुर र कैलालीका १/१ जना रहेका प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त

अर्थ राजनीति ~ वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेका छन् । यसको जानकारी गजुरेल आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

लक्ष्मीपूजाको दिन आगलागी हुँदा किशोरीको मृत्‍यु

अर्थ राजनीति ~ पर्सामा घरमा बालिएको दियोबाट आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । शनिबार राति भएको आगलागीमा बहुदरमाई नगरपालिका – ८ रामनगरी बस्ने मनबोध साहकी छोरी १५ वर्षिया मनाकुमारी साहको मृत्यु भएको हो । लक्ष्मीपूजापछि घरमा बालिएको दियोबाट आगालागी भएको थियोे । आगलागी हुँदा घरमै सुतिरहेकी उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ […]

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न साँझ शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन । तर नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ । शुक्रबार शुरु भएको नेकपाको सचिवालय […]

आमाछोरीमाथि एसिड प्रहार

अर्थ राजनीति ~ धनुषामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार गरेका छन् । जनकपुर उप-महानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती साह र उनकी छोरी तीन बर्षीया रिया साहमाथि सञ्जिव साहले शनिबार बिहान एसिड प्रहार गरेका हुन् । शनिबार बिहान पत्नीको कोठामा पुगेका २४ […]