“राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै ” : निर्वाचन आयोग

अर्थ राजनीति  ~  १९ पदका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका हुन् । ‘कुनै विघ्न बाधा आएन भने मत परिणाम आजै रातिसम्म सार्वजनिक हुने आयोगको अपेक्षा छ,’ पौडेलले […]

लोसपा भित्र चर्किँदै विवाद : ठाकुर-महतो बोलचाल बन्द

अर्थ राजनीति  ~  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले बोलचालसमेत नहुने अवस्थामा पुगेको छ । अध्यक्ष ठाकुरको व्यवहार र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता महतो […]

सामाजिक सुरक्षा कोषमा जसरी पनि जानै पर्ने, नगए जागिर खोसिने

अर्थ राजनीति  ~  सामाजिक सुरक्षा कोषमा जान नमान्ने कर्मचारीलाई जागिरबाट निकाल्ने अधिकारसहित सरकारले श्रम ऐन संशोधन अगाडि बढाएको छ। प्रस्तावित संशोधन मस्यौदा अनुसार, कोषमा आबद्ध हुन नचाहने रोजगारदातालाई त थुन्नेसम्मको ब्यवस्था प्रस्ताव गरिएको छ। बैंकका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउन अदालतमा मुद्दा लडिरहेका बेला सरकारले कोषलाई ‘अनिवार्य’ गर्ने गरी ऐन र नियमावली संशोधन अगाडि […]

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, भोलि बिहान ९ बजेदेखि मतदान

अर्थ राजनीति  ~  बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको […]

सिंहदरबारको स्वरूप फेर्न साढे नौ अर्बको गुरुयोजना

अर्थ राजनीति  ~  सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको स्वरूप फेर्न साढे नौ अर्बको गुरुयोजना बनाएको छ । सिंहदरबारलाई खुला र व्यवस्थित गराउन लागेको हो । योजनाअनुसार सबै मन्त्रालय सिंहदरबारभित्रै अटाउनेछन् भने हाल सिंहदरबारभित्र रहेका आधा दर्जन कार्यालय अन्यत्र सारिनेछन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारबाहिर छ । संसद् भवन पनि सिंहदरबारभित्रै बनिरहेकाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अब एकै […]

वैशाखमै स्थानीय निर्वाचन गर्न देउवामाथि दबाब

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको संस्थापनइतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन कुनै पनि वाहनामा सार्न वा धकेल्न नपाइने निष्कर्ष निकाल्दै वैशाखमा नै निर्वाचन हुनुपर्ने भनेको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता गठबन्धनका तर्फबाट आइतबार स्थानीय तहको निर्वाचनका […]

मन्त्री रेणु यादव : ” मेराे शान्तिपूर्ण अभिव्यक्तिकाे अपव्याख्या गरियाे “

अर्थ  राजनीति  ~  जसपा नेतृ एबम भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफूले केहि दिन अगाडी बोलेको बिसयमा कुनै किसिमको हिंसात्मक अभिव्यक्ति नदिएको जिकिर गरेकी छन् । ५ माघमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले सीके राउतप्रति लक्षित हुँदै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।  तर सोमबार एक वक्तव्य जारी गर्दै मन्त्री यादवले आफ्नो […]

१३ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

अर्थ राजनीति  ~  नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो । सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी […]

” ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ ” : डब्लूएचओ

अर्थ राजनीति  ~  कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भनेक छन्  । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ । सम्पूर्ण युरोपलाई […]

व्यवसायमा कोभिड तेस्रो लहरको मार बढ्दै

अर्थ राजनीति  ~  कोभिड महामारीको पहिलो र दोस्रो लहरको मार खेपेको निजी क्षेत्रले तेस्रो लहर चलिरहँदा पनि सरकार गम्भीर बन्न नसकेको भन्दै गुनासो व्यक्त गरेको छ । कोभिडको तेस्रो लहरका कारण उत्पादन र उपभोग दुवै क्षेत्रमा असर बढ्दै गए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा निजी क्षेत्रको समस्यालाई अपेक्षित हेक्का नगरिएको भन्दै व्यवसायीहरुले चासो व्यक्त गरेका […]