समानुपातिकमा कसकाे कति मत ?

अर्थ राजनीति  ~   गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोग अनुसार आज बिहान १० बजेसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले अहिलेसम्मकाे मत गणना परिणामअनुसार १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० […]

अब कसको नेतृत्वमा सरकार बन्ला ?

अर्थ राजनीति  ~  हालसम्मको चुनावी परिणाम अनुसार सबैभन्दा ठूलो दल बन्दैछ -नेपाली कांग्रेस। बिहीबार राति ८ बजेसम्म प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसले ३३ सिट जितेर पहिलो दल बन्ने बाटोमा छ। समानुपातिकमा भने दोस्रो स्थानमा छ। २०७४ को प्रतिनिधि सभामा सबैभन्दा बढी सिट जितेर पहिलो बनेको एमाले यसपटक प्रत्यक्षतर्फको निर्वाचनमा हालसम्म दोस्रो स्थानमा छ। एमालेले २१ सिटमा […]

विजुली व्यापारमा उत्साह: आयात भन्दा निर्यात धेरै हुने

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणले पहिलो पटक आयात भन्दा बढी विजुली निकासी गर्ने भएको छ। भारतबाट विजुली ल्याएर लोडसेडिङ हटाएको आलोचना खेप्दै आएको प्राधिकरणले यो वर्ष एक अर्ब भन्दा बढी युनिट भारत निकासी गर्ने भएको हो।गत वर्ष एक अर्ब युनिट भारतबाट विजुली आयात भएको थियो। गत वर्ष प्राधिकरणले १ अर्ब ५४ करोड युनिट विद्युत […]

एमाले र माओवादीका ‘महासचिव’ पराजित

अर्थ राजनीति  ~  यो पटकको निर्वाचनमा नेपालका ठुला दुई कम्युनिस्ट पार्टीका महासचिवद्धय पराजित भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्य पदमा पराजित भएका हुन् । पोखरेललाई दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले पराजित गरेकी हुन् भने माओवादीका गुरुङलाई एमालेका उपमहासचिव समेत […]

समानुपातिकमा एमालेले पायो ५ लाख बढी मत, अन्य दलको कति ?

अर्थ राजनीति  ~  समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले ५ लाख मत पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेको मत ५ लाख ९ हजार ९८६ मत ल्याएको हो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३९८ मत ल्याएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको २ लाख ६१ हजार ५२० मत […]

रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरले विजयी

अर्थ राजनीति  ~  चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याए ।  नेकपा […]

समानुपातिकमा घन्टीले कटायो १ लाख मत

अर्थ राजनीति  ~  प्रतिनिधि सभाका लागि जारी मतगणनामा समानुपातिकतर्फ झन्डै ८ लाख मतको गणना सकिँदा नेकपा एमालेले अग्रता कायम राखेको छ। ७ लाख ८१ हजार ३ सय १९ सदर मतमध्ये एमालेले २,२१,६५३ (२८.३६ प्रतिशत) मत पाएको छ। दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसले १,९८,७६९ (२५.४४ प्रतिशत) मत पाएको छ। तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख […]

एमाले अध्यक्ष केपी शर्मा ओली जितको नजिक

अर्थ राजनीति  ~  गत आइतबार सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार एवं अध्यक्ष केपी शर्मा ओली जितको नजिक पुग्नु भएको छ । बुधबार बिहानसम्म झापा ५ मा ७१ हजार ४ सय १ मतगणना हुँदा एमालेका उम्मेदवार ओली दोब्बर मतका साथ अगाडि हुनुहुन्छ । एमाले अध्यक्ष […]

निर्वाचनको नतिजाले संकटमा सत्ता गठबन्धन

अर्थ राजनीति  ~  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रारम्भिक मत परिणामसँगै सत्ता गठबन्धन संकटमा परेको छ। अपेक्षित रुपमा एक-अर्का दललाई मत नगएको भन्‍दै दलभित्र असन्तुष्टि सुनिन लागेको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (‍‍एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए। हालसम्मको नतिजाले तालमेल कांग्रेस बाहेकका दलका […]

‘पाँच वर्षपछि डडेल्धुराबाटै लड्छु, हारें भने सक्रिय राजनीति त्याग्छु’ : सागर ढकाल

अर्थ राजनीति  ~  शेरबहादुर देउवाले चुनाव जित्नु समाचार होइन, उनलाई कसले कसरी चुनौती दियो भन्नेचाहिँ समाचार हो । हामीले चुनावअघि एउटा स्थलगत रिपोर्टमा लेखेका थियौं– डडेलधुरामा धेरैजना उम्मेदवार उठ्छन्, अन्तिममा देउवाले जित्छन् । यसपल्ट पनि त्यस्तै भयो । निकटतम प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतान्तरमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सातौंपल्ट चुनाव जिते ।यसपल्ट निकटतम् प्रतिष्पर्धी भने […]