नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवेदन तयार

अर्थ राजनीति  ~  ‘हाई प्रोफाइल व्यक्ति’ पक्राउ परेको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पीडित र बिचौलियाको बयान, बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन किर्ते, एसएमएस र केही बाउन्स चेक प्रमाणका रूपमा पेस गर्दै अनुसन्धान प्रतिवेदन तयार गरेको छ। प्रहरीले आइतबार उक्त अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने जनाएको छ। अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सुरुमा पीडितले दिएको बयान […]

संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेल

अर्थ राजनीति  ~  राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन् । संसद् भवन (नयाँबानेश्वर) मा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था […]

केन्द्रीय बैंकमाथि निरन्तर अर्थतन्त्र सुधार्ने दबाब बढाउँदै सरकार

अर्थ राजनीति  ~ केन्द्रीय बैंकमाथि सरकारको निरन्तरको दबाबले पुनः सरकारसँग सम्बन्ध बिग्रने जोखिम बढेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाल राष्ट्र बैंकमाथि निरन्तर दबाब बढाइरहेका छन् । उनीहरुले सार्वजनिक फोरममा समेत भाषण गर्दै अर्थतन्त्र जोगाउने सम्पूर्ण जिम्मेवारी केन्द्रीय बैंक र मौद्रिक नीतिमाथि रहेको बताइरहेका छन् । यस प्रकारको […]

सांसद् मा प्रधानमन्त्री प्रचण्डले दिए गलत जवाफ

अर्थ राजनीति  ~  कैलालीको टीकापुर घटनाको विषयलाई लिएर संसद् मा उठेको सांसदको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत जवाफ दिएका छन् । २०७३ मा आफैं प्रधानमन्त्री भएको बेलामा सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालले टीकापुर घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन । सो प्रतिवेदनको विषय लिएर बिहीबार सांसदसँग […]

क्यान्टोनमेन्टमा भ्रष्टाचार नभई डकैती भएको एमाले महासचिव पोखरेलको आरोप

अर्थ राजनीति  ~  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीको लडाकु शिविर (क्यान्टोनमेन्ट) मा भएको अनियमिततालाई राज्यको ढुकुटीमा डकैती भएको बताउनु भएको छ । माओवादी अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले लडाकु शिविरमा भ्रष्टाचार प्रमाणीत भए जेल जान तयार रहेको बताएको प्रसंगमा आज सामाजिक सञ्जालमा लेख्दै पोखरेलले लडाकु शिविरमा भ्रष्टाचार नभई राज्य ढुकुकटीमा लूट र […]

” रेशम चौधरी क्रान्तिकारी हुन् “: डा. भट्टराई

अर्थ राजनीति  ~  टिकापुर घटनामा रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । भट्टराईले चौधरी अपराधी नभएर क्रान्तिकारी रहेको जिकिर गरेका हुन् । सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुरानारविद्यमान कानुन,नजिर,सोच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ […]

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, चौथो बनाउन ताकेता

अर्थ राजनीति  ~   निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले संसद्मा पेस गरेको […]

“अपराधको भारी पार्टीले बोक्न सक्दैन ” : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीले कारबाही गर्ने नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ । मंगलबार कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार भेटघाट गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँण र आङ्टावा शेर्पालाई अनुसन्धान जारी रहेकाले तत्काल कारबाही नहुने बताएका थिए । तर, मंगलबार साँझ […]

” कांग्रेसलाई राजनीतिक भन्न पनि मन लाग्दैन ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्त जटिल रहेको बताएका छन् । ३१औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको राजनीतिलाई मानिसहरुले हल्काफुल्का ढंगले लिन खोजे पनि परिस्थिति जटिल रहेको बताएका हुन् । देशलाई यस्तो स्थितिमा पुर्‍याउनुमा नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको […]

” बालकृष्णजीले आफूलाई निर्दोष साबित गर्छु भन्नुभएको छ “: अर्थमन्त्री महत

अर्थ राजनीति  ~ पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू निर्दोष रहेको र त्यसलाई साबित गर्ने कुरा पार्टीसँग राखेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । आफूलाई निर्दोष साबित गर्छु भनेपछि नै पार्टीको कारबाही प्रक्रिया निष्कर्षमा नपुगेको महतको दाबी छ । मंगलबार पत्रकारहरूसँग गरिएको अन्तरक्रियामा बोल्दै मन्त्री महतले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर […]