प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

अर्थ राजनीति  ~  प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.१७ अंकले वृद्धि भइ १९१५.३२ विन्दुमा आएको छ । यससँगै १९ कम्पनीको एक हजार ६०२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ लाख ७४ हजार ३३७ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १२ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी […]

फेरि रेकर्ड नजिक सुनको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा शुक्रबार सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ। गत आइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो। सो दिन सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेर प्रतितोला मूल्य एक लाख १० हजार रुपैयाँ पुग्यो।  यस्तै, बिहीबार प्रतितोला एक हजार दुई […]

मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल

अर्थ राजनीति  ~  मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । सोही निर्देशनबमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार […]

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

अर्थ राजनीति  ~  ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका छन् । एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको प्रगतिबारे अवलोकन गरि एनएमबि बैंकले कार्यान्वयन गर्दै आई रहेको दिगो बैंकीङ्ग अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको थियो […]

बिना धितो २५ लाखसम्म ऋण पाउने बाटो खुल्यो

अर्थ राजनीति  ~  स्टार्ट अप उद्यमले २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने बाटो खुलेको छ । सरकारले स्टार्ट अप कार्यविधि स्वीकृत गरेपछि उद्यमशीलता प्रवर्द्धन र प्रतिभा पलायन रोक्न सहयोगी हुने ठानिएको कार्यक्रम पहिलोपटक कार्यान्वयनमा आउन लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १४ प्रकारका उद्यमलाई विनाधितो सहुलियत ब्याजमा ऋण सुविधा उपलब्ध गराउने गरी स्टार्ट […]

बैंकमा एकैदिन घट्यो ११ अर्ब निक्षेप

अर्थ राजनीति  ~ बैंकिङ प्रणालीमा एकै दिन ११ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन ३० गते मंगलवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १ गते बुधवार घटेर ५४ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ । चैत १ गतेयताको निक्षेप घटबढको विवरण राष्ट्र बैंकले आइतवार […]

सुनको मुल्यमा नयाँ रेकर्ड कायम

अर्थ राजनीति  ~  नेपालमा सुन प्रतितोला अहिले सम्मकै उच्च मुल्यमा पुगेको छ । आईतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा आइतबार सुनको मूल्यले एतिहासिक नयाँ रेकर्ड हो । लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा चार सय रुपैयाँ […]

चैतमा बैंकको खराब ऋण थप बढ्दै

अर्थ राजनीति  ~  पोहोरभन्दा दोब्बरले बढेको वाणिज्य बैंकहरुको खराब ऋण चैतमा थप बढ्ने देखिएको छ। बैंकरका अनुसार, चल्तिका व्यापार व्यवसायबाट पनि पैसा उठ्न छाडेको छ। साना तथा मझौला, घर तथा गाडी, उद्योगसँगै अब व्यापारिक प्रयोजनका ऋण पनि बिग्रिन थालेका छन्।  ‘असोजभन्दा पुस, पुसभन्दा चैत झन् झन् चुनौतीपूर्ण देखिएको छ,’ एक बैंकरले  भने, ‘अहिलेसम्म कहिले ऋणमा […]

बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

अर्थ राजनीति  ~  चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा रू एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले रू ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने रू ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ । महालेखा नियन्त्रक कार्यालयले […]

बिकास बैंकहरुले घटाए ब्याजदर, भोली देखी लागु हुने

अर्थ राजनीति  ~  बदलिदो परिस्थीतिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमवार बसेको बैठकले चैत १ अर्थात देखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।  जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको […]