नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली

Artharajniti  ~  नयाँ आर्थिक वर्षको पहिलो दिन इन्ट्रा डेमा सेयर बजार ४० अंकले बढेको छ। नेप्से परिसूचक शुक्रबार कारोबार खुलेदेखि उकालो लागेको छ। सूचक ११:५१ मा २६३७.५१ अंकमा पुगेको छ। बजारमा ८८ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। चैत दोस्रो सातादेखि निरन्तर ओरालो लागेको बजार नयाँ आर्थिक वर्षको पहिलो दिन हरियाली भएको हो। […]

मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौता हुने

आन्दोलनरत मिटरब्याजपीडितपक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ ।सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने  तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली र मिटरब्याजीपीडितपक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक […]

आज घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

Artharajniti  ~  नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा […]

राष्ट्रिय परिचयपत्र भएकाले अनिवार्य रूपमा विवरण अद्यावधिक गर्नुपर्ने

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्रको प्रयोगलाई थप अनिवार्य बनाएको छ। राष्ट्रिय परिचयपत्र लिइसकेका बैंक खातावालले २०८३ असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बैंकमा अद्यावधिक गर्नुपर्ने भएको छ। यसका लागि बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालासँग राष्ट्रिय […]

ब्याजदर घट्ने : साउनका लागि ८ बैंकले घटाए

Artharajniti  ~   वाणिज्य बैंकहरूले २०८३ साल साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि रोकिएको छैन। असार महिनाको तुलनामा साउनमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। साउन महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये केही बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन्। सबैभन्दा धेरै ब्याजदर […]

निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकद्वारा निर्देशन

Artharajniti  ~  नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३  पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ। राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र  ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुलाई शुक्रबार जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा […]

राष्ट्र बैंकद्वारा १५ अर्बको ऋणपत्र निष्कासन

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले १५ अर्बको ऋणपत्र निष्कासन गरेको छ। सोमबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (छ)’ निष्कासन गरेको हो । राष्ट्र बैंकले पछिल्लो दुई सातामा १ खर्ब ६० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरिसकेको छ। असार १६ गते ३५ अर्ब रुपैयाँ, असार १७ गते ४५ अर्ब, असार १९ गते २५ अर्ब, असार २२ गते […]

राष्ट्र बैंकले आज ६० अर्ब नगद उठाउँदै

Artharajniti  ~  बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रिदा लगानीको सकस थप चर्किएको छ । खासगरी बजारबाट कर्जाको माग सुस्त हुँदा बैंकहरूले लगानी बढाउन सकेका छैनन्, जसका कारण यतिबेला बैंकहरूमा १२ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ । ६ जुलाईसम्मको पछिल्लो तथ्यांक हेर्दा बैंकहरूको निक्षेपको आकार ८२ खर्ब १ अर्बमाथि पुगेको छ । तर, यसै अवधिमा यता कर्जा […]

आज बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा ६ हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा […]

कृषि र साना व्यवसाय कर्जामा नयाँ व्यवस्था

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले साना र मझौला कर्जाको धितो मूल्याङ्कन प्रक्रियालाई सरल बनाएको छ।  आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसाय कर्जा प्रवाहलाई सरल बनाएको हो। जसअनुसार १० लाखसम्मको कर्जाको हकमा सुरक्षणको रुपमा राखिएको धितोको मूल्यांकन बैंक तथा वित्तिय संस्थाका […]