महानगरले फोहोर नउठाएपछि सिंहदरबारले खोज्यो व्यवस्थापनको विकल्प

अर्थ राजनीति  ~    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिंहदरबार भित्रको फोहोर ल्याण्डफिल साइटमा लैजान नदिएको आइतबार ९ दिन भइसकेको छ । तर पनि सिंहदरबार भित्रका मन्त्रालयको प्राङ्गण वरपर फोहोर देखिएको छैन भने दुर्गन्ध पनि फैलिएको छैन । फोहोर ल्याण्डफिल साइटमा लैजान महानगरपालिकाले रोकेपछि वर्गीकरण गरेर सिंहदरबार भित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ। […]

प्रधानन्यायाधीश नियुक्तिकाे प्रक्रिया अघि बढाउन प्रमुख ३ दलबीच सहमति

अर्थ राजनीति  ~   प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश […]

‘भिजिबिलिटी’ कम भएपछि आन्तरिक हवाई उडान प्रभावित

अर्थ राजनीति  ~  प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ। बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ। सिमराको उडान भर्खरै खुलेको छ। पोखरा, भरतपुर र तुम्लिङटारको उडान […]

परिचयपत्रलाई नचिन्दा एक जना पूर्वमन्त्री नै समस्यामा

अर्थ राजनीति  ~  राष्ट्रिय  परिचयपत्रलाई  सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ । सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ । तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै  समस्यामा परेका छन् । राष्ट्रिय  परिचयपत्र बोकेर भारतको बेङ्लुरु जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता तथा पूर्वमन्त्री […]

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आइतबार पदभार ग्रहण गरेका छन् । गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आइतबार बिहान पदभार ग्रहण गरेका हुन् । अधिवेशनबाट महासंघका अध्यक्षमा चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायत निर्वाचिन भएका थिए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार […]

प्रदूषित सहरको सूची : विश्वकै एक नम्बरमा काठमाडौं

अर्थ राजनीति   ~  काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार शनिबार साँझ काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर रहेको पाइएको हो । वायुको गुणस्तर सूचकांक (एक्युआई) मा २०२ अंकसहित शनिबार साँझ काठमाडौं विश्वकै विषाक्त हावा भएको […]

प्रतिनिधिसभा बैठक बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धितीनवटा विधेयक पेस गरिनेछ । त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव […]

प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री दाहाललाई दवाव

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालालाई नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनसहित कानून व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति गर्न दवाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दवाव दिएका हुन् । प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले […]

मन्त्री छनोटका लागि शेखर–गगन समूहको बैठक बालुवाटारमा

अर्थ राजनीति  ~  आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक बसिरहेको छ । नेता शेखर कोइरालाको सम्पर्क कार्यालय, बालुवाटारमा बिहानदेखि बैठक चलिरहेको छ । तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी छ । चैत १७ […]

सिन्धुलीगढी दुर्घटना : घटनास्थलबाट ३ जनाको शव निकालियो

अर्थ राजनीति  ~  काठमाडौँतिर आउँदै गर्दा सिन्धुलीगढीमा दुर्घटनामा परेर मृत्यु भएका ३ जना भारतीय नागरिकको शव निकालिएको छ । सडकबाट ५ सय मिटर तलबाट शव निकालिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले  बताए । बिआर ०७ डीडी ०६८७ नम्बरको भारतीय कार आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुकेशकुमार चौधरी, मुत्यैज […]