कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयरकाे उम्मेदवार

अर्थ राजनीति  ~ लामो समयसम्म महानगर र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम टुग्गो लगाउन नसकेको नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । महाधिवेशन प्रतिनिधि सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुनुहुन्छ । नेविसंघ, महिला संघ हुँदै पार्टी राजनीतिमा सक्रिय सिंह सत्तारुढ पाँच दलीय गठबन्धनकै साझा उम्मेदवार बन्नुभएको हो । […]

स्वार्थ बाझिने क्षेत्रमा गभर्नरको लगानी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैंले करोड बढीको सेयर खरिद गरेर राखेको पाइएको छ । गभर्नर अधिकारीले आजका मितिमा पनि करिब ४ करोड रुपैयाँ बराबरको सेयर राखेका छन् । राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय हो । आफैं नियामक भएर आफैंले सेयर खरिद बिक्री गर्दा स्वार्थ बाझिने भए पनि गभर्नर […]

आज १६औं लोकतन्त्र दिवस

अर्थ राजनीति  ~  आज १६औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०६३ वैशाख ११ गते  पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।  विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत […]

स्थानीय निर्वाचन : चितवनमा गठबन्धन दलबीच मिल्यो भागबण्डा

अर्थ राजनीति  ~  चितवनमा सत्ता गठबन्धनका दलले सात पालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ । भागबण्डा टुंगिएपनि भरतपुर बाहेक अन्य पालिकामा उमेदवारको अझै टुंगो लागेको छैन । दलहरुले आज साँझसम्ममा उमेदवारको पनि टुंगो लगाउने तयारी गरेका छन् । ३० वैशाखमा हुन लागेको […]

काठमाडौँको धारामा मेलम्चीको पानी पुनः आइपुग्यो

अर्थ राजनीति  ~  मेलम्चीको पानी काठमाडौँका धारामा पुनः आउन सुरु गरेको छ । यसअघि पनि पानी वितरण सुरु गरिए पनि मेलम्चीमा आएको भीषण बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि वितरण बन्द भएको थियो । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट आइतबार एक कार्यक्रमबीच […]

काठमाडौं मेयरमा उठ्न दोस्रोपटक उम्मेदवारी केशव स्थापित

अर्थ राजनीति  ~  बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए । प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको दोस्रोपटक […]

टिकटका लागि जसपामा कुटाकुट, १० जना नेता घाइते

अर्थ राजनीति  ~  यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको हो । कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट […]

” काँग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ ” : नेता सिंह

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरेका हुन् । “आम जनतालाई रैतीबाट सार्वभौम सम्पन्न जनता बनाउनका […]

” गठबन्धनविरुद्ध जानेमाथि कडा कारबाही हुन्छ ” : गृहमन्त्री खाँण

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णयविपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिने बताएका छन् । गृहजिल्ला रुपन्देहीस्थित आफ्नै निवासमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ”कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध छ, उक्त निर्णय विपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिनेछ ।’ उनले गठबन्धनविरुद्ध लागेहरूलाई कारबाही गरिने बताए । ‘गठबन्धनलाई दीर्घकालीन ढंगले लैजाने कांग्रेसको […]

सुनको मूल्य बढ्यो, तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण

अर्थ राजनीति  ~  विहीबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढेको छ। मूल्य बढेपछि सुन तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको थियो। चाँदीको मूल्यमा विहीबार सामान्य गिरावट आएको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेर १ हजार २ सय […]