सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री पौडेललाई

अर्थ राजनीति  ~ मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई तोकेको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।

यातायात कार्यालय गुर्जुधाराबाट २६ जना बिचौलिया पक्राउ

अर्थ राजनीति  ~  चन्द्रगीरी नगरपालिका स्थित गुर्जुधाराको यातायात कार्यालयबाट प्रहरीले २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । गुर्जधारा स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको आरोप छ । सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले बताए […]

सुनको भाउ प्रतितोला १ लाख ३१ सय रुपैयाँ पुग्यो

अर्थ राजनीति  ~   नेपाली बजारमा सुनको मूल्य प्रतिदिन बढ्दो क्रममा रहेको छ। सुनको मूल्य हाल यस वर्षकै उच्च बिन्दुमा पुगेको छ। बुधबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ सय रुपैयाँ र तेजाबी सुन […]

प्रि-ओपन सेसनमा नेप्से ९.०३ अंकले उकालो

अर्थ राजनीति  ~  प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ९.०३ अंकले उकालो लागेको छ । यससँगै सूचक २१३४.८७ विन्दुमा आएको छ । ५४ कम्पनीको कुल १३ हजार ६२६ कित्ता सेयर खरिदबिक्री भएको र ५१ लाख ७ हजार ७५९ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४४ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको […]

राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो

अर्थ राजनीति  ~  सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ। सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ। विभागले अर्को सूचना नभएसम्म राहदानी दिन नसक्ने जनाएपछि त्यसतर्फ सरकारले चासो व्यक्त गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिपुरेश्वरस्थित विभागको […]

पूर्वडीआईजी शाह: दुनियाँ हुकुमी शासनले चल्दैन, खोक्न र स्टन्ट गर्न बन्द गर्नुस्

अर्थ राजनीति  ~  नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लक्षित आजको दुनियाँ हुकुमी शासनले नचल्ने टिप्पणी गरेका छन् ।गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नासाथ एकपछि अर्को निर्देशन दिइरहेका बेला  शाहले उनी लक्षित जे पायो त्यै खोक्न र स्टन्ट बन्द गर्न सुझाव दिएका हुन् ।उनले भने, ‘आजको दुनियाँ हुकुमी शासनले चल्दैन मन्त्रीज्यू !  जे गर्नु […]

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच कुराकानी भएको हो। प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले यसअघि अध्यक्ष नेपालसँगको भेटमा सरकारलाई […]

आईपीओ निष्काशनको लागि दुई कम्पनीले पाए बोर्डको अनुमति

अर्थ राजनीति  ~  पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले दुई कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ । बोर्डले बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सगरमाथा जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको हो । बोर्डले बिपिडब्लु जलविद्युत कम्पनीलाई प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरको ९७ हजार कित्ता आईपीओ निष्कासनका लागि पुस ४ गते […]

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर बिच अर्थतन्त्रको अवस्थाबारे छलफल

अर्थ राजनीति  ~  प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए । […]

प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै सभामुख चुन्ने तयारी

अर्थ राजनीति  ~   यही पुसभित्रै प्रतिनिधि सभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत लिए लगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधि सभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधि सभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने […]