दाङमा २९८ घरेलु उद्योग बन्द

अर्थ राजनीति ~ दाङमा आर्थिक वर्ष २०७९-८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र सेवामूलक उद्योग ५६ रहेका छन् । कार्यालयमा आएर […]

दुवै सदनबाट मिटरब्याज विधेयक पारित, कारबाहीको बाटो खुल्यो

अर्थ राजनीति  ~  मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ। सङ्घीय संसद्का दुवै सदनले प्रतिस्थापन विधेयक पारित गरेसँगै कसुर अनुसन्धान र कारबाहीका लागि बाटो खुलेको हो। दुवै सदनबाट पारित विधेयक अब  प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुने छ। विधेयकको प्रकृति नै परिमार्जन गरेर तल्लो सदनले फिर्ता पठाएको भन्दै राष्ट्रिय सभाले केही दिन संशोधन […]

हिक्मत कार्की नै कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्री

अर्थ राजनीति ~ सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेस संसदीय दलका नेताको नियुक्तिलाई असंवैधानिक घोषणा गरिदिएपछि तत्कालीन मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रवार कामचलाउ सरकारको मुख्यमन्त्रीमा पदवहाली गर्ने भएका छन् । सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेस संसदीय दलका नेताको नियुक्तिलाई असंवैधानिक घोषणा गरिदिएपछि तत्कालीन मुख्यमन्त्री कार्की पुनः पदवहाली गर्ने भएका हुन् । […]

काठमाडौं महानगरका स्थायीबासीलाई कर छुट सुविधा

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ। महानगरले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो। महानगरमा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण पत्रका आधारमा यो छुट दिइनेछ। उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर […]

राजस्व नबुझाउने ४६ व्यवसायीको बैंक खाता रोक्का

अर्थ राजनीति ~ तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ । तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो । तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले जानकारी दिनुभयो । […]

राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन

अर्थ राजनीति ~ राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियोे । सो अवसरमा […]

विमानस्थलबाट हुने अवैध गतिविधि रोक्न सबै निकायबीच समन्वय आवश्यक छ : अर्थमन्त्री महत

अर्थ राजनीति  ~ अर्थमन्त्री प्रकाशशरण महतले विमानस्थलबाट हुने अवैध गतिविधि रोक्न त्यहाँ रहेका ‍सबै सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताएका छन्। बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यलयलको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री महतले विमानस्थल भन्सार कार्यालय, राजस्व अनुसन्धान विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण लगायत सम्पूर्ण निकायहरूबीच समन्वय र सूचनाको […]

घट्न थाल्यो बैंकहरुको बेसरेट, कुन बैंकमा पाइन्छ सस्तो कर्जा

अर्थ राजनीति  ~ पछिल्ला महिनादेखि निरन्तर क्रममा बैंकको आधार दर (बेस रेट)  घट्दो  रहेको छ । गत पुसमा १०.९६ प्रतिशतमा पुगेको वाणिज्य बैंकहरूको औषत आधार दर क्रमशः घटेर असारसम्ममा १०.२१ प्रतिशत रहेको छ । बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्म तीन महिनाको औषत आधार दरको तुलनामा असारसम्म यस्तो आधार दर ०.१६ प्रतिशत विन्दुले घटेको छ […]

बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

अर्थ राजनीति  ~ महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार-पाँच […]

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल

अर्थ राजनीति  ~ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उहाँले मापदण्डविना नै अघिल्ला वर्षमा हालिएको बहुवर्षीय योजनाका कारण धेरै गुनासा आएको जनाउँदै अब मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरिने बताउनुभएकोे हो ।  उहाँले अन्तिम […]