नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

अर्थ राजनीति ~ अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ६२ कम्पनीको ५५ […]

विद्यालय शिक्षा विधेयक प्रस्तुत हुँदै

अर्थ राजनीति ~ लामो समयदेखि प्रतिक्षा गरिएको सङ्घीय शिक्षासम्बन्धी विधेयकलाई परिमार्जन गरी नेपाल सरकारले ‘विद्यालय शिक्षा विधेयक’ चाँडै सङ्घीय संसद्मा प्रस्तुत गर्ने भएको छ । परिमार्जित उक्त विधेयक अघि बढाउन लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।उक्त विधेयक गत असारको पहिलो सातादेखि मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन अवस्थामा थियो । प्रधानमन्त्री […]

प्रधानमन्त्री प्रचण्ड र रास्वपा प्रमुख सचेतक परियारबीच छलफल

अर्थ राजनीति ~  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष अर्थात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । संसदीय समितिको सभापति चयनका विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले जानकारी दिए । साथसाथै […]

विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

अर्थ राजनीति ~   तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध हुनुहुन्छ । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उहाँले पशुपालन गर्नुभएको हो । बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उहाँको त्यसपछिको समय भने फार्ममा बित्छ । विद्यालय नजिकै विद्यालयकै जग्गामा फार्म बनाइएको छ । फार्ममा […]

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

अर्थ राजनीति ~ वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र […]

साउन ३१ गतेदेखि अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

अर्थ राजनीति ~  साउन ३१ गतेदेखि अपि पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म […]

विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रम दाहाल

अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताउनुभएको छ । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज बिहान ग्रहण गर्दै उहाँले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताउनुभयो । प्रधानमन्त्री दाहालले बोर्डलाई सक्षम बनाउन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारको […]

किन सार्वजनिक हुँदैन प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण ?

अर्थ राजनीति ~  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा प्रधानमन्त्री र अरू सबै मन्त्रीको सम्पत्ति विवरण राखिएको जनाइएको छ। तर, विवरण हेर्न खोज्दा पेज खुल्दैन, गोप्य राखिएको छ। अहिले  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको ८ महिना पूरा हुँदा पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राखिएको छ। यसअघि २०७८ असार २९ गते गठित सरकारका प्रधानमन्त्री शेरबहादुर […]

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण : राष्ट्रपति पौडेल

अर्थ राजनीति ~ राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताउनुभएको छ । विश्व बाघ दिवस, २०२३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले उक्त तथ्यलाई मनन गरी बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गर्नुभएको छ । “बाघको संरक्षणमा नेपालले संसारमा […]

राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल

अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताउनुभएको छ । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको बताउनुभयो । उहाँले उपप्रधानमन्त्री, मन्त्रीहरूसँग छलफल गरेर […]