घट्न थाल्यो बैंकहरुको बेसरेट, कुन बैंकमा पाइन्छ सस्तो कर्जा

Machchapuchchre

अर्थ राजनीति  ~ पछिल्ला महिनादेखि निरन्तर क्रममा बैंकको आधार दर (बेस रेट)  घट्दो  रहेको छ । गत पुसमा १०.९६ प्रतिशतमा पुगेको वाणिज्य बैंकहरूको औषत आधार दर क्रमशः घटेर असारसम्ममा १०.२१ प्रतिशत रहेको छ ।

बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्म तीन महिनाको औषत आधार दरको तुलनामा असारसम्म यस्तो आधार दर ०.१६ प्रतिशत विन्दुले घटेको छ । जेठसम्ममा आधार दर ०.१० प्रतिशतले घटेको थियो । चैत, वैशाख र जेठ महिनामा वाणिज्य बैंकहरूको औषत आधार दर १०.३७ प्रतिशत रहेकोमा वैशाख, जेठ र असारको औसत आधार दर १०.२१ प्रतिशत रहेको छ ।

गत आवमा बैंकको आधार दरमा आएको उतारचढावका कारण ब्याजदरमा पनि तीव्र उतार चढाव आएको थियो । गत आवको साउनमा ९.६४ प्रतिशत रहेको बैंकको आधार दर गत पुसमा सबैभन्दा उच्च अर्थात १०.९२ प्रतिशतमा पुगेको थियो । गत पुस महिना यता बैंकहरूको आधार दर क्रमशः घट्दो क्रममा रहेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाका लागि त्यस अघिका हरेक तीन महिनाको औसत दरअनुसार आधार दर तय गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको । यसअघि हरेक तीन÷तीन महिना मात्रै कर्जामा लाग्ने आधार दर परिवर्तन हुने गरेकोमा अब भने हरेक महिना पछिल्ला तीन महिनाको आधार दरको औषत लिएर दर परिवर्तन गर्न सकिनेछ ।

बैंकहरूले मासिक आधार दरमा समेत सिमान्त दरमा कमी आइरहेकाले आगामी महिना कर्जाको ब्याजदर थप घट्न सक्ने बैंकरहरूले बताउँदै आइरहेका छन् । बैंकमा पछिल्लो समय लगानी योग्य रकम ५ खर्बभन्दा बढी रहेको अवस्थामा कर्जाको माग न्यून रहेको छ । निजी क्षेत्रले उच्च ब्याजदरका कारण कर्जाको माग नै गर्न नसकेको बताउँदै आइरहेको समयमा अब भने बैंकको ब्याजदर क्रमशः घट्ने क्रममा रहेको छ ।

बैंकरहरू अझै केही समय तरलता पर्याप्त रहने भन्दै केही समयपछि निजी क्षेत्रले भनेजस्तै ब्याजदर एकल अंकमा झर्ने सम्भावना पनि रहेका औँल्याउँछन् । विगतमा बैंकहरूले ब्याजदरमा भद्र सहमति गरेर एउटै दर तोक्दै आएका थिए । साउनदेखि भने भद्र सहमति तोडिएको छ । जसअनुसार बैंकहरूले फरक फरक ब्याजदर तोकिसकेका छन् ।

बैंकहरूको विवरण अनुसार, साउन महिनामा सबैभन्दा बढी आधार दर सनराइज बैंकको १०.९३ प्रतिशत रहेको छ भने सबैभन्दा कम आधार दर ८.०२ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्