संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

अर्थ राजनीति  ~ सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री […]

प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, दुई लाख मानिस उतार्ने दाबी

अर्थ राजनीति ~  संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा विरोधसभा गर्दैछ । भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् ।  मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा […]

खर्च गर्न नसकेपछि घट्यो चालु आर्थिक वर्षको बजेट

अर्थ राजनीति ~ कार्यान्वयन गर्न नसकेपछि सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाको अर्धवार्षिक समिक्षा गर्दै बजेटको आकार घटाएको हो । अर्धवार्षिक समिक्षा गर्दै मन्त्रालयले यस वर्षको बजेटको आकार १३ खर्ब ४४ अर्ब ६८ करोड रहने प्रक्षेपण गरेको छ । यो कुल विनियोजीत बजेट भन्दा १ खर्ब […]

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुग्नुभएको छ । ओली निर्वाचन तथा पार्टी विवादबारे बुझ्न आयोग पुग्नु भएको हो । यसघि ओली समूहका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगिसकेको थिए । बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा […]

प्रतिनिधिसभा चुनाव वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा हुने

अर्थ राजनीति ~सरकारले प्रतिनिधि सभाको निर्वाचन आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा र वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, […]

अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई  ७ अर्ब दिने

अर्थ राजनीति ~ अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई  ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको उनले बताए । मन्त्री पौडेलका अनुसार सरकारले खर्च नहुने आयोजनाको रकम काटेर निर्वाचन […]

म्यानमारमा सैनिक ‘कू’, एक वर्ष संकटकाल

अर्थ राजनीति ~ म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी  नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ– म्यानमारको सत्ता अब […]

प्रचण्ड-नेपाल पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

अर्थ राजनीति ~ प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको पार्टी कार्यलयका सचिव गंगालाल तुलाधरले बताए। केन्द्रीय कमिटीको बैठक सोमबार ११ बजे कार्की पार्टी ब्यांक्वेटमा बस्दैछ। निर्वाचन आयोगले नेकपा विभाजन नभएको भनेर निर्णय गरेपछि प्रचण्ड-नेपाल समूहले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो। आयोगले ४ […]

भक्तपुरमा १९ वर्षीया युवती बलात्कृत, युवक पक्राउ

भक्तपुरमा बस्दै आएकी एक युवती आफ्नै कोठमा बलात्कृत भएकी छिन् । भक्तपुर नगरपालिका वडा नम्बर– १०, कमलविनायकमा कोठा लिई अध्ययनरत युवतीलाई सोही स्थानका एक युवकले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सर्लाही जिल्ला स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३१ वर्षका विकास तजलेलाई प्रहरीले […]

‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले माफी मागे

अर्थ राजनीति ~ नेकपा ओली समूहका नेता तथा खानेपानी मन्त्री मणि थापाले सम्बोधनको क्रममा भुलवश ‘श्री ५ को सरकार’ सम्बोधन गरेकोमा माफी मागेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले क्षमा याचना गरेका हुन् ।‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको […]