अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनाको अपहरण

काठमाडौं । पश्चिमी अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनालाई तालिवान लडाकुहरुले अपहरण गरेका छन् । पिपुल्स पिस मुभमेन्टले शान्ति र युद्धविरामको माग गर्दै करिब दुई साता अगाडिदेखि हेरात प्रान्तबाट आफ्नो यात्रा सुरु गरेको थियो । तर फराह प्रान्त प्रवेशपछि उनीहरुको अत्तोपत्तो नरहेको बीबीसीले जनाएको छ । फाराह प्रान्तका डेपुटी गभर्नर मसूद बख्तावरले ६ वटा कारमा […]

१७ अर्बले बढ्यो वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा उछाल आएको छ । उद्योग विभागको विवरणअनुसार अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १७ अर्ब बढी लगानी प्रतिवद्धता आएको हो । साउन २ गते देखि पुस ९ गतेसम्म विभागमा २६ अर्ब ९३ करोड १७ लाख ८० हजार कुल लगानीमा १४१ उद्योग खोल्न विदेशी लगानीकर्ताले प्रतिबद्धता जनाएका […]

सरकारद्वारा आईजीपी सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत

काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापासँगै पुस २१ गतेदेखि हुने भनिएको आईजीपी खनालको चीन भ्रमण प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अस्वीकार गरेको हो । यद्यपि गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको भ्रमण भने बैठकले अनुमोदन गरेको छ । आईजीपी […]

कांग्रेससँग मुद्दाका आधारमा सहकार्य – बाबुराम भट्टराई

काठमाडौं । सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले प्रतिपक्षी दलहरूसँग विचार र मुद्दाका आधारमा सहकार्य गरिने बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी […]

काठमाडौंको तापक्रम १ डिग्रीमा झर्‍यो, देशभर चिसोले जनजीवन कष्टकर

काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । आज (बिहीबार) काठमाडौंको तापक्रम १ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो (बुधबार) काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको थियो । चिसो बढ्दै गएको र काठमाडौं उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रममा रहेको महाशाखाले जनाएको ५ । यसअघि मङ्गलबार काठमाडौंको न्यूनतम तापक्रम […]

सिद्धार्थ बैंकले १७औं वार्षिकोत्सवको अवसरमा विशेष छुट दिँदै, आजैदेखि लागु हुने !

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । पुस ९ गते रहेको १७औं वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले ३१ दिनसम्म लागू हुने गरी उक्त योजना ल्याएको हो । उक्त छुट पुस ९ गतेदेखि माघ १० गतेसम्म लागू हुने बैंकले जनाएको छ । यस योजनामा ग्राहकहरुले दराजमा […]

ललितपुरको सानेपामा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार, कति पुग्यो कुल शाखा सञ्जाल ?

ललितपुर । एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा संचालनमा ल्याएको जनाएको छ । उक्त नयाँ शाखाको उद्घाटन ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन् । […]

हिमालयन बैंकको नयाँ शाखा लहानमा विस्तार

काठमाडौं । हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि सञ्चालित उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् । सो अवसरमा प्रमुख अतिथिले नयाँ शाखा कार्यालय मार्फत स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न व्यक्तिहरुलाई आफ्नो […]

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा दृष्टिबिहीनलाई सय थान सेतो छडी हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको थापाथली शाखाले दृष्टिबिहीनहरुका लागि सय थान सेतो छडी हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार सो मात्रामा सेतो छडी वितरण गरेको हो । बैंकले दृष्टिबिहीन बालबालिका तथा युवाहरुलाई दैनिक क्रियाकलापका साथै हिडडुल गर्न सहज होस भन्ने हेतुले सेतो छडी प्रदान गरी कार्यक्रम सम्पन्न गरेको थियो । आगामी दिनहरुमा […]

कामनासेवा बिकास बैंकले Assistant देखि Senior Officer पद सम्मका लागि माग्यो कर्मचारी (नोटिससहित)

कामनासेवा बिकास बैंकले कर्मचारी माग गरेको छ, बैंकले Assistant देखि Senior Officer पदका लागि कर्मचारी माग गरेको हो | इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ |