अर्थ राजनीति ~सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जानकारी दिएको छ । अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ । अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहने जानकारी छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति