अर्थ राजनीति ~ संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित भएको छ । यसअघि प्रतिनिधि सभाबाट पनि सर्वसम्मतिले पारित भएको थियो ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा ५७ जना सदस्य उपस्थित रहेकोमा सबैले सो बिधेयकको पक्षमा मत दिएका थिए ।
राष्ट्रिय सभामा कूल ५९ सदस्य रहेकोमा रिक्त एक सिटमा मनोनित गर्न बाँकी छ भने सभाका अध्यक्षले मत बराबर भएको अवस्थामा मात्र मतदान गर्ने अभ्यास छ ।
सरकारले जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।